Advertisement
SKIP THIS

एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत


कोरियाको नयाँ वर्ष सलनालको अवसरमा आयोजना गरिने सांगितिक कार्यक्रमको बाँडफाँड गरिएको छ। नोभेबर १० तारिख दोङ्देमुन स्थित पूर्वी नेपाल समाजको हलमा भएको एनसिसिको सहजिकरण कार्यक्रम मार्फत कास्की र खोटाङलाई सांगितिक कार्यक्रमको लागि स्विकृति दिइएको हो । कास्की परिवारले सलनालको पहिलो दिन जनवरी २८ र खोटाङ सेवा समाजले २९ तारिखका दिन कार्यक्रम गर्ने सहमति भएको छ।

विगतका वर्षहरुमा संस्थाहरु कार्यक्रम गर्न पाउँ भनी एनसीसीमा निवेदन पेश गर्दथे भने यसपटक देखि प्रदेश स्तरीय संस्थाहरुले प्रदेश मातहतको संस्थाबाट कार्यक्रम बाँडफाँड पछि एनसीसीमा सहजिकरणका लागि निवेदन दिने प्रकृया रहेको छ। एनसिसि र प्रदेश स्तरिय संस्थाहरुको पटक पटक बसेको बैठकले ११ बुँदे सहमति पत्र पनि सार्वजनिक गरेको छ। साथै आवश्यकता अनुसार केहिँ बुँदाहरु थपघट हुनसक्ने भेलाले जनाएको थियो।

कास्की र खोटाङले एकै दिन अर्थात जनवरी २९ का दिन कार्यक्रमको मिती तोकेका थिए तर लामो छलफल पश्चात सहमति गर्न सकेकोमा दुवै संस्थालाई राम्रो हुने एनसिसि अध्यक्ष हरी खनालले बताएका छन्। साथै “एक आपसमा सहयोग, सदभाव र सबै संस्थालाई मिलाएर लैजानु एनसिसिको दायित्व ” रहेको उनले थपे।

दुवै संस्थाले लाइभ कन्सर्ट गर्ने भनिएतापनि कुन कुन ब्याण्ड / कलाकार आउँछन भन्ने विषयभने खुलाएका छैनन्। कास्की परिवारले गण्डकी प्रदेश समाजबाट र खोटाङ सेवा समाजले पूर्वी नेपाल समाजबाट कार्यक्रम गर्ने अनुमति पाएका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...