सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
कोरिया स्थित क्षेत्रीय संस्था कास्की परिवारले कोरियन नयाँ वर्ष सलनाल २०२५ को अवसर पारेर आयोजना गर्ने “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को पोष्टर सार्वजानिक सउल स्थित निक ट्राभल्सको सभाहलमा सम्पन्न गरेको छ । सलनाललाई लक्षित गर्दै आयोजना गरिने सो कार्यक्रममा नेपालको चर्चित ब्याण्ड “1974 AD” कोरिया आउने भएको छ । सउल स्थित सुविधा सम्पन्न हलमा हुने उक्त ब्याण्डको लाईभ कन्सर्टको लागी ब्यापक तयारीमा जुटिरहेको सोही संस्थाका अध्यक्ष सन्तोष पौडेलले बताए ।
कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाज दक्षिण कोरिया समन्वय साथै सोही प्रदेश अन्तर्गत रहेका अन्य दश जिल्ला र को पूर्ण साथ, समर्थन र निर्णयात्मक अनुमोदन गरिएकोले कार्यक्रम सफल र थप उत्साहजनक हुने कार्यक्रम आयोजक कमिटी प्रमुख प्रदेश खोम प्रसाद गुरुङले बताए । संस्थाले स्थापना कालदेखि विभिन्न सामाजिक र परोपकारी कार्यमा अग्रसरता देखाउँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै कार्यक्रमको उद्धेश्य, औचित्यता र पूर्ण जानकारी र कलाकार सहितको पोष्टर सार्वजनिक गरिएको संस्थाका प्रचारप्रसार संयोजक टेकनाथ भण्डारीले थपे । आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आयोजना हुने सो कार्यक्रम आर्थिक पाटोबाट मात्रै नभई कोरियामा रहेका नेपाली समुदायलाई कार्यक्रम मार्फत् पूर्णतया: सांगीतिक मनोरञ्जन प्रदान गर्न विश्वस्त रहँदै कुनै कसर बाँकी नराख्ने आर्थिक संयोजक आरती ह्योल्मोले स्पष्ट पारिन् ।
कास्की परिवारले जनवरी २८ तारिक (सलनालको पहिलो दिन) आयोजना गर्ने उक्त “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” सफल बनाउन कोरियास्थित सम्पूर्ण संघसंस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक संस्थाले आर्थिक, नैतिक र भौतिक सहयोगको लागि हार्दिक अपिल गरेको छ ।