नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
“सिकौं ,सिकाउ,संगठित बनौं र आफ्नो अधिकारका निम्ति संघर्ष गरौं” भन्ने मुल नाराका साथ आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले “पहिचान संवद” शृङ्खलाको सुरुवात गरेको छ। डिसेम्बर ८ आइतवार देखि पाक्षिक रुपमा प्रशारण हुने यस कार्यक्रमको ६ ओटा शृङ्खला रहने छ।
आदिवासी जनजातिहरुको सामाजिक ,सांस्कृतिक र राजनीतिक चेतना अभिवृद्धि गर्ने सोच सहित भर्चुअल एवं भौतिक रूपमा कार्यक्रम हुने अध्यक्ष विशन राईले जानकारी दिएका छन्। विविध विषयका उपर विभिन्न बौद्धिक एवं प्राज्ञिक ब्याक्तित्वहरुको साथमा “पहिचान संवाद शृङ्खला” सञ्चालन हुने हुँदा आफ्नो प्रश्न जिज्ञासा सहित उपस्थित हुन सकिने पनि उनले प्रष्ट पारेका छन्।
पहिलो “पहिचान संवाद शृङ्खला ” अन्तर्गत रैथाने संगीतमा महिलाको उपस्थिति एव योगदान साथै आदिवासी महिलाको अवस्था” विषयमा गायिका /रैथाने संगीतका अनुसन्धानकर्ता एवं आदिवासी अभियन्ता “झुमा लिम्बू” लाई उपस्थित गराइने भएको छ । जसमा सहजीकरण कवि एवं आदिवासी अभियन्ता “सुष्मा रानाहँमा राई” ले गर्ने तय भएको छ। भर्चुल जुम मिटिङ मार्फत गरिने संवाद एवं अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण आदिवासी एवम सरोकारवालाहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।