सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
कोरियाको नयाँ वर्ष सलनाल नजिकिँदै गर्दा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमको पोस्टर धमाधम सार्वजनिक हुँदै छ। यसै क्रममा सलनालको पहिलो दिन जनवरी २८ तारिख भोजपुर परिवारले नाइट डान्स पार्टीको आयोजना गर्ने भएको छ। उक्त डान्स पार्टीको लागि नेपालबाट चर्चित डिजे “अ्मु ” कोरिया आउने जानकारी प्राप्त भएको छ। अ्मुलाई अर्का डिजे छिरिङले साथ दिने भएको छ।
आकष्मिक कोष सञ्चालानार्थ आयोजना हुन लागेको यस कार्यक्रममा गायक मुस्कान मुकारुङ, दिनेश नाछिरिङ र विनोद वान्तावाको पनि प्रस्तुति रहने अध्यक्ष सुनिल वान्तावाले फोनिज कोरियालाई जानकारी गराएका छन्।
पूर्वी नेपाल समाजको समन्वयमा भोजपुरले यो कार्यक्रम गर्न लागेको हो। गत हप्ता आइतवार कार्यक्रमको पोस्टर सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र बनाइएको छ्।