कोरिया चुम्लुङमा नयाँ कार्य समिति
सोल-किराँत याक्थुङ चुम्लुङ कोरियाले नयाँ कार्य समिति चयन गरेको छ | आइतबार भएको नवौं अधिबेशनले सन्तोष मादेनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मतीमा चयन गरेको हो |
सुवनमा भएको अधिबेशनले वरिष्ठ उपाध्यक्षमा गणेश मेन्याङ्बो,उपाध्यक्षमा राजेश सुब्बा,महासचिवमा उत्तम खजुम, सचिव सजना यक्सो, सह-सचिव आलोक आङ्देम्बे,कोषाध्यक्ष दिपेन आङ्बुहाङ चयन गरेको छ |
त्यस्तै सदस्यहरू भिम चेम्जोङ,नवीन साँवा,राम लिम्बू,दुर्गामान आङ्बुहाङ,महेश केरुङ,सुन्दर रकम सेर्मा,राजेन्द्र तुम्बापो ,राजु निङ्लेखु ,नरेन नेम्बाङ,पदम योक्पाङ्देन ,सुलभ लावती र दिपेन्द्र आङ्बुहाङ रहेका छन् |
अधिबेशनमा विभिन्न जातिय एवं क्षेत्रीय संस्थाहरुको पनि उपस्थिति रहेको थियो । अधिवेशन आदिवासी जनजाती महासंघ कोरियाका अध्यक्ष भक्त सेरचनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केलाङ र पालाम प्रस्तुत गरिएको थियो |