Advertisement
SKIP THIS

दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा


विगतका बर्षहरुमा झै यसपालि पनि दक्षिण कोरियामा सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६१ औं डुक ल्हो (सला पुख्री ल्हो) सर्प वर्षको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रलले सलनालको पहिलो दिन “दीर्घकालीन शैक्षिक कल्याणकारी कोष सहयोगार्थ ल्होछार बृहत सॉस्कृतिक कार्यक्रम-२०२५” को आयोजना गर्ने भएको हो । जनवरी २८ तारिखका दिन सौल स्थित एच. डाब्लु कन्भेन्सन सेन्टर  (H.W 컨벤션센터) मा कार्यक्रम हुने छ ।  

यसको लागि समुर्ण तयारी पुरा भएको अध्यक्ष राजाकुमार स्याङतानले फोनिज कोरियलाई जानकारी दिएका हुन् ।  ल्होछार कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरु आउने बताएको छ । कलाकारहरूमा गायक विश्व दोङ, गायिका जितु लोप्चन, खन्दोके सेलो गायक आस्मान लोप्चन, गायक सुरेश लामा र म्हेन्दोमाया गायक कृति गोम्जा तामाङ रहेकाछन् । कार्यक्रममा दक्षिण कोरियालाई आफ्नो कर्मभूमी बनाइरहेका कलाकारहरु सुर्य रुम्बा, रिच्चा तामाङ ब्लोन, आशिस मोक्तान, मिलन दोङ, जोजो दोर्जे लगायतले पनि साँगितिक प्रस्तुति दिने छन् । साथमा मौलिक ड्म्फुरे गीता तथा सेलो डन्सको समेत प्रस्तुति रहने छ ।  

यसपालि सोनाम ल्होछारको मञ्चमा साहित्यिक (कविता, गजल, मुक्तक) वाचनको पनि समय रहेको जनाएको छ ।  त्यसैले कोरियामा रहेका तामाङ कवि तथा लेखकहरुले नाम दार्ता गर्न अनुरोध गरेको छ । आदिवासी मुद्धा, जीवन, मायाप्रेम, प्रवासको बसाई लगायत बिषयवस्तुका रचनालाई प्रथामिकता दिने जनाएको छ । 

“नेपालबाट आउने सबै कलाकारहरुको भिषा लगायतका सम्पूर्ण तयारी सकिएको छ । कार्यक्रमको तयारी पनि लग्भग सकेको छ र अन्य तयारीमा हामी सकृयाताका साथ लागिरहेका छौं ।” अध्यक्ष तथा कार्यक्रम मुल आयोजक कमिटिका संयोजक समेत रहेका स्याङतानले बताए । 

ल्होछार कार्यक्रमलाई भव्य र सभ्य बनाऊनका लागि कोरियामा रहनु हुने बुद्धिजीवी,  विभिन्न पेशामा आबद्ध व्यापारी व्यवसायी, सामाजिक अभियन्ता, पत्रकार, विद्यार्थी लगायत सम्पुर्ण कोरियाबासी तामाङ तथा गैर-तामाङ दाजु भाई तथा दिदि बहिनीहरुमा उपस्थितिका लागि घेदुङले अनुरोध गरेको छ ।  

दिनको ३:३० बजे देखि राती १० बजे सममा हुने कार्यक्रम स्थलमा पुग्नको लागि दोङ्देमुनबाट बसको व्यवस्था समेत रहेको जनाएको छ ।  

सन् २००३ मा स्थापना भएको घेदुङको ख्याङ्सान नाम्दो  बुसान र जेजु गरि दुई वटा शाखा रहेको छ । ख्याङ्सान शाखले जनवरी २९ तारिकमा र जेजुले ३० तारिखका दिन ल्होछार मनाऊने जनाएको छ ।  

“सोनाम ल्होछार कार्यक्रम”

मितिः २०२५ जनवरी २८ मंगलबार । (कोरियन चाड सलनालको पहिलो दिन) 

समयः दिनको ३:३० बजे देखि राती १० बजे सम्म .

स्थानः HW Convention Hall 컨벤션센터

사울특별시 종로구 자하문로 255(부암동 १६५-३)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...