निष्पक्ष छानविन र दोषिलाई कारबाहिको लागि एम टि यूले मुद्धा दर्ता गर्ने

कोरियाको मोक्फो शहरको यङ्सान स्थित बंगुर फाममा कार्यरत एक जना नेपालीले शुक्रवार आत्महत्या गरेका थिए। उक्त घटना शंकास्पद रहेको भनी सामाजिक सञ्जालमा चर्को आवाज उठेको थियो। यस घटनामा आत्महत्या दुरुत्साहन गरेको हुनसक्ने भनि दोषिलाई कारबाहिको लागि माग गरिएको थियो।
यस घटनालाई दुतावासबाट उजुरी गर्न नमिल्ने भएकोले निष्पक्ष छानविन गर्न प्रवासी मजदूर संगठनले प्रकृया अगाडि बढाउने भएको छ। “दोषि ठानिएको A व्यक्तिले आफुले गाली तथा दुर्व्यवहार गरेको स्वीकारेको छ, यसैको आधारमा प्रमाण जुटाएर निष्पक्ष छानविन र मृतकलाई न्यायको निम्ति सम्बन्धित निकायमा मुद्दा दर्ता गरिने एम टि युका अध्यक्ष उदय राईले फोनिज कोरियालाई जानकारी गराएका छन्। यसगरी साहु र टिम लिडरले कुटपिट गर्ने दुइ जनाको काम एक जनालाई लगाउने जस्ता कानून विपरित देखिएकोले “नोदोङ खाम्दोक ” सम्बन्धिको मुद्दा समेत दायर गरिने पनि बताएका छन्।
दूतावासबाट श्रम काउन्सिलर मैँया कडेल, एन आर एन एका अध्यक्ष वुद्धि गुरुङ , समानान्तर एन आर एन एका अध्यक्ष विपिन गुरुङ, एम टि यूका अध्यक्ष उदय राई, कोरियाली मानव अधिकारी संस्था लगायतका प्रतिनिधिहरु घटनास्थलमा पुगेर अवलोकन गरेका थिए। उक्त कम्पनीमा कार्यरत सबैसँग घटना र कम्पनीको अवस्था बारे जानकारी लिएका थिए।
कोरियामा अहिले सिनियर नेपालीले जुनियर नेपालीलाई काममा पेल्ने श्रम शोषण गर्ने साहुलाई गलत कुरा लगाइदिने आदि विभिन्न समस्याहरु बढ्दै गएको पाइन्छ।