मार्च २३ मा प्रथम सेवारो फुटसल प्रतियोगिता हुँदै

“स्वस्थ्य मनोरञ्जन , अनुशाशन र एकताका लागि खेलकुद ” भन्ने नाराका साथ प्रथम सेवारो फुटसल टुर्नामेन्ट आयोजना हुने भएको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सेवारो एफ सीले प्रतियोगिता आयोजना गर्न लागेको हो। छोउन फूटसल मैदानमा मार्च २३ तारिख खेल हुने आयोजकले जनाएको छ।
अहिले टिम दर्ता प्रकृया रहेको र चाँडै टाइसिट प्रकाशित गरिने अध्यक्ष प्रताप इधिङ्गोले जानकारी गराएका छन्। प्रतियोगितामा प्रथम हुने टिमलाई ३० लाख वन र दोश्रो हुनेलाई २० लाख वन पुरस्कार राशी साथै मेडल तथा प्रमाणपत्र रहेको छ। यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्तालाई समेत क्रमश १/१ लाख वन पुरस्कार रहेको छ।
तरेवा हिम पुरुष सेल्टर सञ्चालानार्थ आयोजना हुन लागेको प्रतियोगितामा दर्ता शुल्क ३ लाख वन रहेको छ।