कोरियामा नेपाली आवाज , राजदूतसंग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न


गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले कोरियामा नेपाली आवाज” राजदूतसँग प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ। मार्च १ तारिख जोगेसा गुम्बाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो क्रार्यक्रममा सहभागीहरुले राजदूतसँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमलाई संवोधन गर्दै महामहिमले दूतावासको सेवा सुविधालाई प्रभावकारी बनाउन सबैको सल्लाह र सुझावको आवश्यकता रहने बताएकी थिइन्। यसैगरी सेवाग्रहीलाई प्रत्येक दिन सेवा सुविधा बारे प्रश्न गर्ने अधिकार रहेको हुनाले प्रश्न गर्ने र कमिकमजोरी औँल्याई सच्याउनमा सहयोग गर्न अपिल गरेकी थिइन्। “कतिपय समस्याहरु दूतावासलाई थाह नहुन सक्छ, हामीलाई सूचना दिनुहोस्। दूतावासले गर्न सक्ने र गर्न मिल्ने काम यथासिघ्र गर्छ।” सुरुवाती संवोधनमा उनले जोड दिइन्।

विभिन्न संघ संस्थाका प्रतिनिधि एवम नेपालीहरुको बाक्लो उपस्थितिमा प्रश्नकर्ताको ३/३ प्रश्न संकलन गर्दै महासचिव डा. केशव थापाले अन्तरक्रिया संवादको सहजिकरण गरेका थिए। प्रश्नकर्ताको जवाफ दिँदै महामहिमले कोरियामा रहेको विभिन्न क्षेत्र समूहका व्यक्तिहरुलाई समय मिलाएर भेटघाट गर्दै गरेको जानकारी गराउँदै कुनै क्षेत्रकोले भेट्न ढिला गर्नु भो भनेर मन नदुखाउन अनुरोध गरिन्। यसैगरी एन आर एन ए को सम्बन्धित प्रश्नमा दूतावासले एन आर एन ए कतिओटा छ भनेर संख्या नगन्ने र यस बारेमा दूतावासले बोलेर केहि हुँदैन भन्दै अदालतको आदेश नै सर्वस्विकार्य हुनुपर्ने धारणा व्यक्त गरेकी थिइन्। साथै अहिले परराष्ट्रमा जुन सस्था दर्ता छ त्यो संस्थालाई नै दूतावासले आधिकारिक मान्ने पनि स्पष्ट गरेकी थिइन्। दुतावासको सेवामा जतिसक्दो विनम्रता दिइने प्रतिवद्धता व्यक्त गर्दै महिनाको अन्तिम आइतवार  दूतावासबाट नियमित सेवा प्रदान गरिने जानकारी दिइन्। साथै उहाँले प्लेन भाडा लगानी सम्मेलन, विप्रेषण, वुद्ध जयन्ति मनाउने बारेमा छलफल गरेर अगाडी बढ्न सकिने विचार व्यक्त गरेकि थिइन्। राष्ट्रीय परिचयपत्रको बारेमा गृह मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले गृहसँग समन्वय गर्न सकिने धारणा राखेकी थिइन्।

संवाद कार्यक्रममा दूतावासबाट श्रम कन्सुलर मैया कँडेलेपनि उपस्थितिको प्रश्नको जवाफ दिएकी थिइन्। भर्खरै घटेको घटना तुलसी पुन मगर आत्महत्या प्रकरणमा दूतावासले कानूनी लडाई लड्न नमिल्ने तर साहुबाट दिइने क्षतिपूर्तीमा दूतावासले सहयोग गरिरहेको बताइन्। यसैगरी सामाजिक सुरक्षा कोष नेपालबाट गरेर आएपनि यहाँ धेरैले मासिक रुपमा सहभागी नभएको बताउँदै दूतावासले बेल बेलामा यस बारेमा जानकारी दिँदै आएको बताइन्। साथै कोरियाको जेलम के कति नेपाली कैदी छ भन्ने अहिले तथ्याङ्क नभएको बताउँदै जेलको तथ्याङ उपलब्ध गराउन निकै कठीन रहेको बताइन्।

कार्यक्रममा कोरियामा नेपाली प्रवेशसँगै एन आर एन एको विगत र वर्तमानको बारेमा संस्थापक अध्यक्ष केपी सिटौलाको विशेष मन्तव्य रहेको थियो। यसैगरी एन आर एन ए अध्यक्ष वुद्दि गुरुङले जो चुनाव लडेर जितेर आएको हो नेपालेले उसैलाई साथ दिने धारणा राखेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘दुखी आत्मा’ सौल शो मार्च ९ मा
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने
  • कोरियामा ‘अञ्जिला’ फिल्म भव्य प्रिमियर शो
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...