एनआरएनएले भलिवल कप अप्रील ६ मा र फूटबल प्रतियोगिता जुन २२ मा गर्ने

गैर आवासिय नेपाली संघ एनआरएनएले प्रथम भलिवल कप अप्रील ६ मा गर्ने भएको छ। आजु युनिभर्सिटिको भलिवल कोर्टमा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो।
साविक कै टिम दर्ता शुल्क ३ लाख ५० हजार वन रहने छ । टिम दर्ता मार्च २३ सम्म गरिसक्नु पर्नेछ्। प्रथम पुरस्कार ४० लाख वन र दोश्रो पुरस्कार २० लाख वन रहने सम्मेलनमा जनाइएको थियो। यसैगरी उत्कृष्ट खेलाडीलाई १ लाख वन साथै अन्य उत्कृष्ट हुनेलाई ५० हजार वन पुरस्कार दिइनेपनि आयोजकले जनाएको थियो। प्रत्येक खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कार रहेको महासचिव केशब थापाले जानकारी गराएका थिए।
चुनावी अभियानमा खेलकुदलाई प्राथमिकता दिने भनिए अनुसार नै भलिवल प्रतियोगिता गर्न लागेको यूवा संयोजक एवम भलिवल प्रतियोगिताका संयोजक युविन श्रेष्ठले स्पष्ट पारेका थिए। साथै फूटबल प्रतियोगिता भने जुन २२ मा आयोजना गरिने समेत जानकारी गराएका थिए। फूटबल महासंघ कोरियासँग समन्वय गरेर नै मिति तोकिएको उनले बताए।
एन आर एन एले गर्न लागेको फूटबल प्रतियोगिता भव्य बनाउन अन्य देशको एन आर एन एलाई समेत निमन्त्रणा दिन महासंघका अध्यक्ष तमु ब्रोले सुझाव दिएका थिए। यस सुझावप्रति एन आर एन ए सकारात्मक रहेको महासचिव थापाले आश्वासन दिएका थिए।