‘दुखी आत्मा’ सौल शो मार्च ९ मा

गत महिना फेब्रुअरी १४ देखि नेपालभर र विदेशमा प्रदर्शनमा आएको चलचित्र ‘दुखी आत्मा’ दक्षिण कोरियाको सौल शो मार्च ९ आइतबार हुने भएको छ । अन्ना ग्रुप एन्ड नेपाल कोरिया कल्चरल एक्सचेन्ज कोरियाले सौल शो गर्न लागेको हो ।
गत महिना फेब्रुअरी २३ मा सुवनमा मेगाबक्समा प्रदर्शन गरेको थियो । आयोजकले दर्शकहरूलाई निमन्त्रणा र चलचित्र हेर्नका लागि आव्हान गरेका छन् ।
युवा पुस्तालाई लक्षित गरी बनाएको चलचित्रमा अभिनेता दयाहाङ राई, अनुप विक्रम शाही, बुद्धि तामाङ र अभिनेत्री आँचल शर्मा, दिया मास्केको मुख्य भूमिकामा देख्न सकिन्छ । निर्देशक दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा रहेको चलचित्रलाई हिमाल कडारियाले निर्माण गरेका छन् ।
अन्य कलाकारहरूमा रियर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, अशन्त शर्मा, लुनिभा तुलाधर रहेका छन् ।
चलचित्र आइतबार दिउँसो २ बजे शो हुने छ । चलचित्रलाई जोङ्गाकको जोगेस गुम्बाको हलमा शो हुने छ । हलसम्म सौल मेट्रो लाइन नं. १ को जोङगाक स्टेसनको २ नम्बर गेटबाट निस्केर पाँच मिनेटमा पुग्न सक्ने छ ।