मार्च महिनादेखि नेपाली राजदुतवास आइतबार खुल्ने, सबै सेवाहरू मिल्ने

कोरियाको लागि नेपाली राजदूतवास यो मार्च महिनादेखि आइतबार खुल्ने भएको छ । नेपालीहरूको आवश्यकतालाई मध्यनजर गर्दै दिनको २ बजेसम्म राजदूतवास खोल्ने भएको हो ।
यो महिनादेखि एक आइतबार नियमित खुल्ने राजदूत डा. शिवमाया तुम्बाहाम्फेले बताइन् । गत शनिवार एनआरएनएको राजदूतसँग संवाद तथा अन्तरक्रिया कार्यक्रममा नेपाली महिनाको अन्तिम आइतबार सबै सेवा दिने हिसाबले कार्यालय खुल्ने बताएका हुन् । फागुन महिनाको अन्तिम आइतबार २५ गते, मार्च महिनामा ९ मा नै कार्यालय खुल्ने जानकारी दिइन् ।
डा.तुम्बाहाम्फे लगभग दुई महिना अघि मात्रै राजदूत नियुक्त भएर कोरिया आइपुगेका हुन् । कार्यक्रममा संवादमा प्रश्नहरूको जवाफ दिदै राजदूत डा. तुम्बाहाम्फेले भनिन्, ‘छुट्टीको दिन पनि दुतवास खोल्ने भएको छ, आउनुस् कुरा गरौँ । समस्याहरूमा छलफल गरौँ । दूतवासले अन्य दिनमा दिने सबै सेवाहरू लिन सक्नुहुन्छ ।’
ई–पासपोर्टको लागि आज (बिहीबार) दिउँसो ४ बजेदेखि अनलाइन फारम खुल्ला गरिएको छ । दिउँसो एक सूचना जारी गर्दै दूतवासले अर्को हप्ताको लागि हराएका र राहदानी नवीकरणको लागि अनलाइन समय बुकिङ र फारम भर्न अनुरोध गरेको छ ।
