उत्तर कोरियाका नेता किमलाई ईण्डोनेशियाको अवार्ड
सोल-उत्तर कोरियाका नेता किम जोंग उन ईण्डोनशियाको एक राष्ट्रिय अवार्डद्धारा सम्मानित भएका छन् । दुरदर्शी नेताको रुपमा उनलाई उजागर गर्दैं ईण्डोनेशियाले फाईटिंग नियो कोलोनिज्मको रुपमा सो अवार्ड प्रदान गरेको हो । युद्धमा अरुमाथि प्रभुत्व जमाउन सक्ने खुबी भएको कारण उक्त अवार्ड उनको हातमा पर्न सफल भएको दाबी गरिएको छ ।
भुतपुर्व तानाशाही सुक्रानोको नाममा स्थापित सुक्रानो अवार्ड यस अघि महात्मा गान्धी,आंग सान सुकी,किमका हजुर बुबा किम ईल सुंगले यो अवार्डबाट सम्मनित भएका थिए ।सुक्रानो र किमका हजुरबुबा शीत युद्धको बेला नन अलाइन्ड आन्दोलनका मित्रता गांसेका थिए ।
केही जाकर्ता ग्लोबले टिप्पणी गर्दै भनेको छ किम जोंग उनलाई सो अवार्डद्धारा सम्मान गर्ने कुरा अस्पष्ट छ । उत्तर कोरियाको संबन्ध विश्वका राष्ट्रहरुसंग बिषेश गरी दक्षिण कोरिया र जापानसंगको संबन्ध चिसो रहेको बेला सरकारको निर्णय गलत भएको टिप्पणी गरेको छ ।किम उत्तर कोरियामा निंरकुश शासक रुपमा परिचीत छन् ।