कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार पत्रकार महासंघको अन्तरक्रिया कार्यक्रममा उनले यो कुरा अवगत गराएकि हुन्।
इ सेभेन खुलेको खण्डमा र कामदार ल्याउने प्रकृया भए सम्बन्धित मन्त्रालय, विभागबाट आधिकारिक सूचना जारी हुने बताइन्। उनले यस्तो गिरोहको ठगिबाट जोगिन सचेत गराइन्।
नेपालमा इ सेभेन भिसा खुलेको भनेर तालिम वापत रकम संकलन गर्ने गरेको प्रश्नको उत्तर दिँदै हालसम्म आधिकारिक रुपले इ सेभेन भिसा नखुलेको प्रष्ट पारिन्। यदि खुलेको खण्डमा र कामदार ल्याउने प्रकृया भए सम्बन्धित मन्त्रालय, विभागबाट आधिकारिक सूचना जारी हुने बताइन्। उनले यस्तो गिरोहको ठगिबाट जोगिन सचेत गराइन्।
अहिले नेपालबाट इपिएस प्रणाली अन्तर्गत इ नाइन (अदक्ष कामदार) मात्र रोजगारीका लागि आउने गरेको साथै अध्यायन भिसामा नेपाली विद्यार्थीहरु कोरिया प्रवेश गरेको प्रष्ट पारिन्।