Advertisement
SKIP THIS

चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै


 

नेपाली महिला राष्ट्रीय टोलीकी कप्तान अञ्जिला तुम्बापोको जीवन कथामा आधारित चलचित्र “अञ्जिला” ह्वासङ सि फारानमा प्रदर्शन हुने भएको छ। फारान स्थित 사랑방 को हलमा मार्च २३ तारिख आइतवार शो हुने आयोजक ह्वासङ नेपाली परिवारले जानकारी गराएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तैयारी पूरा भएको अध्यक्ष सजना यक्सोले अवगत गराएकि छन्।

मार्च १३ देखि प्रदर्शनमा आएको यस चलचित्रलाई सौलमा प्रीमियर शो गरिसकिएको छ। चलचित्रमा अञ्जिला तुम्बापो, दयाहाङ राई, माओत्से गुरुङ, वुद्दि तामाङ आदिको अभिनय हेर्न सकिने छ। यस चलचित्रलाई किरात याक्थुङ चुम्लुङ कोरियाको सहकार्यमा विभिन्न स्थानमा प्रदर्शनको तयारी रहेको चुम्लुङका कार्यवाहक अध्यक्ष विरेन लिङ्देनले जानकारी गराएका छन्।

कोरियाभरि प्रदर्शन गरिने शो “अञ्जिला तुम्बापोको ” भवन निर्माणार्थ प्रदर्शन गरिने भएको हुँदा सम्पूर्ण खेलप्रेमी एवम चलचित्र प्रेमीहरुलाई चलचित्र हेरिदिनको निम्ति आयोजकले अनुरोध गरेको छ। भवन निर्माण पश्चात उक्त भवनलाई फूटबल एकेडेमी बनाउने अञ्जिला तुम्बापोले बताएकी छन्। अञ्जिला हाल युरोपको ग्रीसको ए डिभिजन “निस” क्लवबाट व्यवसायिक फूटबल खेल्दैछिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...