नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिबेशन यहि आउदो अप्रिल ६ तारिक आइतबार हुने भएको छ । ख्याङसाङ नामदोको किम्हे शहर स्थित न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा ऐतिहासिक अधिवेशन हुन लागेको घेदुङ अध्यक्ष सोम योञ्जन तामाङले फोनिज कोरियालाई जानकारी दिएका हुन।
विधान अनुसार वर्तमान कार्यसमितिको २ बर्षे कार्यकाल सकिसकेकोले नियमित अधिवेशन गर्न लागेको जनाएको छ । त्यसैले अधिवेशन सफल पार्न ख्यङ्साङ् बुसान आसपास रहेको सम्पूर्ण तामाङ तथा गैरतामाङ दाजुभाई दिदि बहिनीहरु, विभिन्न क्षेत्रीय, जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विधार्थी, खेलाडी लगायत सम्पूर्ण लाई उपस्थितिका लागि घेदुङ ख्यङ्साङ्ले अनुरोध गरेको छ ।
सन २०१८ मा स्थापना भएको यस संस्थाले आफ्नो कला, संस्कार, संस्कृती तथा मौलिक पर्वको संरक्षण गर्दै विभिन्न सामाजिक कार्यमा कृयासिल रहदै आएको छ । साथै स्थापना काल देखी नै सञ्चाल गरेको महिला सेल्टर “नाना आङा धिम “ हाल सम्म पनि निरन्तर सञ्चालन भैरहेको छ ।