पूर्ण राई लाइभ कन्सर्टमा DSLR क्यामरा सहित प्रवेश गर्न के के छन प्रवधान?

पूर्ण राई एन्ड दाजुभाइहरु लाइभ कन्सर्टमा DSLR क्यामराका लागि अनुमति चाहिने भएको छ। बिना अनुमति डिजिटल क्यामरा सहित प्रवेश गर्न नपाईने आयोजकले जनाएको छ। मार्च ३० तारिख धरान कोरिया कम्युनिटी सपोर्टले सौल स्थित HW कन्भेन्सन हलमा कार्यक्रम आयोजना गर्दैछ।
आयोजकका अनुसार DSLR क्यामरा लान इच्छुकले आयोजकसँग सम्पर्क गर्नुपर्ने छ। उक्त कार्यक्रमको अफिसियल फोटोग्राफर के डी स्टुडियो रहेको छ। यस बारे विस्तृत जानकरीका लागि फोनिज कोरियाले केडी स्टुडियोसँग सम्पर्क गरेको थियो। आधिकारिक फोटो ग्राफर दीपक पौडेलसँग फोन संवाद गर्दा DSLR बाहकले अनुमतिका लागि आफ्नो नाम र फोन नम्बर दर्ता गर्नुपर्ने अवगत गराएका छन्। संभव भए आफ्नो असली फोटो उपलब्ध गराए सहज हुने जनाएको छ। मोबाइल फोनमा भने कुनै प्रतिबन्ध नरहेको आयोजकले जनाएको छ।
“तपाईहरुले खिचेको फोटो आयोजकलाई पठाउनुपर्नेछ त्यसपछि आयोजकले आफ्नो लोगो सहित तपाईहरुलाई मेन्सन गरेर पोस्ट गर्नेछ।त्यसपछि तपाईहरुले आफ्नो नाम वा संस्थाको नाम राखेर पोस्ट गर्न सक्नुहुनेछ। “ उनले जानकारी गराएका छन्। यस अर्थमा कार्यक्रमको फोटोहरु सर्वप्रथम आयोजकको अफिसियल साइटहरुबाट पोस्ट भएपछि मात्र अन्य फोटोग्राफरले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ।
इच्छुकले थप जानकारीका लागि केडी स्टुडियो (01083859104) सँग सम्पर्क गर्न सकिने छ।