पहिलो लाइभ कन्सर्टका लागि गायक पूर्ण राई एन्ड दाजुभाइहरु कोरिया आइपुगे

गायक पूर्ण राई व्याण्ड सहित कोरिया अवतरण गरिसकेका छन्। धराने इभेन्ट्स कार्यक्रमको लागि पूर्ण राई एन्ड दाजुभाइहरु ‘ व्याण्ड कोरिया आएका हुन्। मार्च ३० तारिख सौल स्थित HW कन्भेन्सन्स हलमा उनिहरुले लाइभ प्रस्तुति दिनेछन्।
यो पहिलो कोरिया कन्सर्ट हुनेछ। यस व्याण्डको ‘ मनका कुरा’ , ‘ कालो सेतो’ ,’ तिम्रो माय ९९ ‘ लगायतका गीतहरु अति लोकप्रीय छन्।
आयोजकका तर्फबाट मनोज संयोक, किरात एफसीबाट सकसेस राई, हाङखिमछा लगायतले व्याण्ड मेम्बरहरुलाई इन्छन विमान्स्थलमा स्वागत गरेका थिए।
लामो समयको प्रतिक्षा पछि आयोजकले यस व्याण्दलाई प्रस्तुतिका लागि ल्याउन सफल भएका छन्। उनिहरुको यो पहिलो कोरिया कन्सर्ट हुनेछ। यस व्याण्डको ‘ मनका कुरा’ , ‘ कालो सेतो’ ,’ तिम्रो माय ९९ ‘ लगायतका गीतहरु अति लोकप्रीय छन्। नेपालको व्यस्त व्याण्हरु मध्ये पूर्ण राई एन्ड दाजुभाइहरु पनि एक हो।
कार्यक्रमको टिकट बूकिङ Gmoney एप्स बाट पनि गर्न सकिने छ। व्याण्डको लाइभ प्रस्तुति निर्धारित समयमा नै हुने भएकोले कार्यक्रम ढिलो नहुने आयोजकले जनाएको छ। नेपाली संगीत प्रेमी सबैलाई आयोजकले उपस्थितिको लागि अनुरोध गरेको छ।