दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने

प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने दुतावासका उपनियोग प्रमुख जेनिम अधिकारीले बताएका छन्। मार्च ३ मा नेपाली जनप्रगतिशिल मञ्चले आयोजना गरेको ‘ जर्नल विमोचन ‘ कार्यक्रममा उनले यो कुरा जानकारी गराएका हुन्। अनलाइन मार्फत प्रत्येक दिनको ५० जनाका दरले अर्को हप्ताका लागि शुक्रवार २५० जनाको अपोइन्टमेन्ट फारम लिन सकिने उनले स्पष्ट पारे।
अपोइन्टमेन्ट खोलिएको कोटामा आवेदन पूर्ण भए सिस्टमले नै बन्द गर्ने पनि जानकारी गराएका थिए। “अपोइन्टमेन्ट दूतावासले खोल्ने हो तर सिस्टमले बन्द गर्ने हो। दूतावासले बन्द गर्ने होइन्।” उनले थपे। नेपाल सरकारले नै यो उन्नत प्रणाली लागु गरेको र अपोइन्टमेन्ट लिएर आउँदा सेवा प्रवाह सहज हुने उनको भनाई थियो।
६० जनाभन्दा बढि सेवाग्राही भएको स्थानबाट अफिसियल पत्र दूतावासमा पठाए योजना बनाएर घुम्ति सिविर मार्फत सेवा दिन सकिने उनले बताएका छन्।
यसैगरी दुतावासले महिनाको २ ओटा घुम्ति सिविर सञ्चालन गर्दै गरेको पनि उनले जानकारी गराएका थिए। “त्यो क्षेत्रमा जानु भो, हाम्रोमा कहिले आउने भनेर सोध्नुहुन्छ्। हामीलाई बोलाउनुस हामी आउँछौँ। उनले अवगत गराए। ६० जनाभन्दा बढि सेवाग्राही भएको स्थानबाट अफिसियल पत्र दूतावासमा पठाए योजना बनाएर घुम्ति सिविर मार्फत सेवा दिन सकिने उनले बताएका छन्। महिनाको ४ ओटा विदा सेवा सुधारमा खर्च गरेको पनि उनले उपस्थिति माझ राखेका थिए।
कोरियामा नेपालीले नेपालीलाई ठगेको केस बढ्दो क्रममा रहेको र कतिपय केस दूतावास मार्फत सुल्झाएको पनि उनले जानकारी गराएका थिए। नेपालीले नेपालीलाई ठगेर कहाँ पुगिन्छ? भन्दै प्रवासको ठाउँमा आपसमा सहयोग गर्न उनले अनुरोध गरे।