कोरियाका महायानी बौद्धिष्टले नेपालमा टेक्नोलोजी विद्यालय खोल्ने
सोल-नेपाल बौद्ध परिवार दक्षिण कोरियाको प्रत्येक महिनाको पहिलो आईताबार धार्मिक प्रवचन, प्रार्थना र ध्यान दोसन्सा गुम्बा (शान्तिदीप भएको स्थान) मा गर्दै आईरहेकोले यस पटक भने दोसन्सा गुम्बा मार्फत “छुङ्गछन बुग्दो सङ्गनीशान” पहाडमा आवस्थित फपजुसा गुम्बामा ध्यान, प्रवचन सम्मन्न भएको छ । फपजुसा गुम्बा महायानी सम्प्रदायको प्रमुख गुम्बा मानिन्छ ।
त्यहाँ मैत्रीय बुद्धलाई समर्पित गरेर सन १९९० मा पुन निर्माण गरि ठूलो प्रतिमा बनाईएको छ । जसको उचाई ३३ मिटर (त्तेतीस मिटर), १६० (एकसय साठी टन), ८० के.जी. सुनको लेप लगाईएको छ ।
कार्यक्रममा सल्लाहकार एन्डी ह्योल्मो र काषाध्यक्ष श्री पेम्बा लामाले लुनार पात्रो र पूण्य तीथि अनुसार गुरु रिम्पोन्छेको सप्त स्लोक पढेर सुनाउनु भएको थियो भने गुम्बाका प्रमुख लामाले प्रवचन दिई सबैको सु–स्वास्थ्यको कामना गर्दै महायानी बौद्धिष्टले नेपालमा टेक्नोलोजी विद्यालय खोल्ने बताए |
अध्यक्ष ईश्वर गुरुङले साच्चिकै पवित्र ठाउमा जहा ठूलो कमलको फूलको बगैचा छ त्यस्तो ठाउमा आएर गुम्बाको दर्शन गर्न पाउदा मनमा आन्तरिक शान्ति र उल्लासको अनुभुति भएको र यस्तो पवित्र ठाउमा आई सबैलाई मेडिटेशन गर्न अग्रह गर्दै यस्तो मेडिटेशनले दक्षिण कोरियामा बढिरहेको आत्महत्या जस्तो घटनालाई पनि धेरै परिवर्तन ल्याउन सक्ने र कम हुने व्यक्त गर्दै ईच्छुक नेपालीहरुलाई बौद्ध परिवारको मेडिटेशन कार्यक्रममा सहभागीता जनाउन पनि हार्दिक अनुरोध गर्नु भएको छ । कार्यक्रम मनाङ्ग परिवारका अध्यक्ष श्री प्रकाश लामा र स्याङ्गजा परिवारका भुपु अध्यक्ष मिलन रानाले कोरियन र नेपालीमा कार्यक्रम संचालन गर्नु भएको थियो भने स्वागत मन्तव्य श्री रमेश श्रेष्ठले गर्नु भएको थियो ।