घेदुङ ख्याङ्साङ बुसान शाखाको ५ औं अधिवेशन सम्पन्न, अध्यक्षमा धनराज पाख्रिन

नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाको ५ औं अधिवेशन ख्याङ्साङ नाम्दोको किम्हे शहरस्थित न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। साथै आइतवार भएको अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ।
नयाँ नेतृत्वको अध्यक्षमा धनराज पाख्रिन तामाङ निर्वाचित भएका छन्। त्यस्तै, बरिष्ठ उपाध्यक्षमा चित्र ब्लोन, उपाध्यक्षहरूमा नेत्र वाइबा, पुष्प मोक्तान र फोर्स रुम्बा चयन भएका छन्। महिला उपाध्यक्षको जिम्मेवारी साबित थिङले पाएकी छन्।
महासचिवमा प्रकाश लोप्चन चुनिएका छन् भने सचिव पदमा टीका मोक्तान, रोहित योन्जन र धनराज पाख्रिनले जिम्मेवारी पाएका छन्। कोषाध्यक्षको रूपमा अनिल लामा र सह-कोषाध्यक्षमा किरण मोक्तान निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा कविता थिङ, रमेश तामाङ, प्रेम मोक्तान, मिङमार तामाङ र विनोद घिसिङ चयन भएका छन्।
सन् २०१८ मा स्थापना भएको घेदुङले आफ्नो स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको महिला सेल्टर “नाना आङा धिम” हालसम्म पनि निरन्तर रूपमा सञ्चालित छ। यो सेल्टरले दक्षिण कोरियामा रहेका नेपाली महिलाहरूलाई संकटको समयमा सहयोग र आश्रय प्रदान गर्दै आएको छ।