यस वर्षको ‘लोटस लालटेन फेस्टिभल’ अप्रील २६ मा मनाइँदै

दक्षिण कोरियाको बौद्ध संस्था जोगेजोङद्वारा लोटस लालटेन फेस्टिभल आयोजना हुने भएको छ। महोत्सवको रुपमा मनाइदै आएको यस कार्यक्रमलाई अप्रील २६ तारिख मनाइने भएको छ। विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६९ औं जन्म जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा विभिन्न देशबाट उल्लेख्य रुपमा वौद्ध मार्गी एवम वुद्धका अनुयायीहरु सहभागी हुनेछन्।
सौल स्थित दोङ्गुक युनिभर्सिटीमा दिउँसो ४ बजे भेला भएर ६ बजेदेखि र्याली आरम्भ हुनेछ र जोगेसा गुम्बामा गएर समापन हुनेछ। भोलीपल्ट अर्थात २७ तारिख आइतवार जोगेसा गुम्बाको अगाडी विभिन्न देशको संस्कृति झल्किने स्टलहरु हुनेछन्। यसैगरी विभिन्न देशले आ आफ्नो मौलिक झाँकिहरु पनि प्रदर्शन गर्नेछन्। नेपालको तर्फबाट नेपाल तामाङ घेदुङ र ह्यल्मो सम्पर्क समितीको साँस्कृतिक प्रस्तुति रहने भएको छ।
युनेस्कोको धार्मिक तथा सांस्कृतिक संम्पदामा सुचिकृत यस उत्सवमा नेपालको तर्फबाट नेपाल बौद्ध परिवारले प्रतिनिधित्व गर्दै आईरहेको छ । यस ऱ्यालीमा विगतको बर्ष भन्दा धेरै जनशक्तिको सहभागीता गराउने रहेको नेपाल वौद्ध परिवारले जनाएको छ। वुद्ध नेपालमा जन्मिएका हुन भनेर विश्वलाई चिनाउने यस शुभ अवसरलाई नगुमाउन र यस उत्सवलाई सभ्य अनि भव्य बनाउन कोरियामा रहेका नेपालीहरुलाई
नेपाली जातिय/कला/संस्कृति झल्कने तथा नेपाली राष्ट्रिय पोशाकमा उपस्थित हुन वौद्ध परिवारले अनुरोध गरेको छ