कोरियामा रसुवा समाज स्थापना

रसुवा समाज दक्षिण कोरिया स्थापना भएको छ । आइतबार अप्रिल १३ सौलमा स्थापना भएको घोषणा गर्दै गोपीप्रसाद न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
कार्यसमितिको अध्यक्षमा गोपीप्रसाद न्यौपाने (गौरभ), वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नोर्बु थोक्रा, अञ्जली तामाङ (अन्जी) चयन भएका छन् । सचिवमा निमा ब्लोन, सहसचिवमा सुमन तामाङ, कोषाध्यक्षमा दावा तामाङ, सह कोषाध्यक्षमा रमेश न्यौपाने चयन भएका छन् ।
सदस्यहरूमा आकाश लामा, भुवन लामा, लाक्पा छेन्जोङ तामाङ, रुपेश आचार्य, कुमार आचार्य, पासाङ नोर्बु तामाङ, राजेश न्यौपाने, पूर्ण तामाङ, पासाङ तामाङ, मिङमार दोर्जे तामाङ र लाक्पा सोनाम तामाङ रहेका छन् ।
घोषणा कार्यक्रममा बागमती प्रदेश एकता समाजको अध्यक्ष सरोज केसीको प्रमुख अतिथि रहेको थियो । अतिथिहरू काभ्रे सम्पर्क समितिका अध्यक्ष सुमन चौलागाइ, रामेछाप सम्पर्क समितिका अध्यक्ष बाबुराज बस्नेत, बागमती प्रदेशका उपाध्यक्ष आदेश खड्का, रमेशराज खरेल, सचिव राजन अधिकारी र दोलखा जिल्ला संयोजक भगवान तिवारीलगायत रहेको थियो ।
