किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने

सुपरहिट चलचित्र अञ्जिला कोरियाको किम्हे सहरमा पनि प्रदर्शन हुने भएको छ। यहि अप्रील २७ तारिख आइतवारका दिन उन्दोङ एफसीले चलचित्र प्रदर्शन गर्न लागेको हो। कोरियाको विभिन्न सहरमा प्रदर्शन भैसकेको यस चलचित्रलाई किम्हे स्थित गाया थेहाक्योमा शो गर्न लागिएको हो।
नेपाली महिला राष्ट्रीय टोलीकी कप्तान अञ्जिला तुम्बापोको जीवन कथामा आधारित ‘अञ्जिलाको’ चुम्लुङले मार्च २ तारिखका दिन सौल दोङ्देमुनमा च्यारिटि सो गरेको थियो। मार्च १३ देखि प्रदर्शनमा आएको चलचित्रमा अञ्जिला तुम्बापो, दयाहाङ राई, माओत्से गुरुङ, वुद्दि तामाङ आदिको अभिनय हेर्न सकिने छ।
कोरियाभरि प्रदर्शन गरिने शो “अञ्जिला तुम्बापोको ” भवन निर्माणार्थ प्रदर्शन गरिने भएको हुँदा सम्पूर्ण खेलप्रेमी एवम चलचित्र प्रेमीहरुलाई चलचित्र हेरिदिनको हार्दिक अनुरोध गरेको छ।
भवन निर्माण पश्चात उक्त भवनलाई फूटबल एकेडेमी बनाउने अञ्जिला तुम्बापोले बताएकी छन्। अञ्जिला हाल युरोपको ग्रीसको ए डिभिजन “निस” क्लवबाट व्यवसायिक फूटबल खेल्दैछिन्।