ONF बुसान अधिबेशनबाट सन्जिब रार्इको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन


सोल-प्रबासी नेपाली मन्च बुसान क्षेत्रीय कमिटीको यहि अगष्ट १ र २ मा सम्पन तेस्रो अधिबेशनबाट सन्जिब रार्इको अध्यक्षतामा १५ सदस्यिय सर्बसम्मत नया नेतृत्व चयन भएको छ ।पुर्बान्चलको उदयपुरमा स्थायी घर भएका नब निर्बाचित ONF बुसानका अध्यक्ष राई काठमाडौको अमृत साइन्स क्याम्पसबाट अनेरास्वबियु मार्फत सकृय राजनितिमा लागेका हुन् ।

 
बुसान कमिटिका उपाध्यक्षहरुमा रामचन्द्र कडेल र चन्द्रिका महतो , सचिब मिन राज पोख्रेल , सहसचिब सागर बिष्ट, कोषाध्यक्ष मोहन बिक्रम नेम्बाङ चयन भएका छन् । सदस्यहरुमा दिपेन्द्र अधिकारी, अजय त्रिपाठि , नबिन रार्इ , हरि अर्याल , ध्रुब गौतम, कृष्ण खनाल र धुर्ब बिष्ट रहेका छन्।

 

 

नब निर्बाचित पदाधिकारीहरुलाई प्रमुख अतिथी गाउँलेले पद तथा गोपनियताको सपथ खुवाएका थिए । निबर्तमान अध्यक्ष धुर्ब पौडेलको सभापतित्वमा समपन्न सो कार्यक्रमको सन्चालन भने सचिब भानु आचार्यले गरेका थिए ।अधिबेशनमा समाज सेवि धर्मेन्द्र कुमार साही , ओएन एफ ओइजम्बु र गजेदो कमिटीबाट पनि क्रमश टेक पुन र दिपक चापागार्इको उपस्थिती रहेका थियो ।

 

 

केन्द्रिय अध्यक्ष गोबिन्द गाउँलेले उदघाटन गरेको अधिबेशनमा केन्द्रबाट उपाध्यक्ष सुरेन्द्र आचार्य, सह सहिब शिबलाल पन्थी , कोषाध्यक्ष पर्सुराम सापकोटा केन्द्रिय सदस्य कमल भट्टरार्इ लगायतको उपस्थिती रहेको थियो ।

 
निबर्तमान अध्यक्ष धुर्ब पौडेलको कमिटिलार्इ सफल कार्यकाल सम्पन्न गरेकोमा सबैले धन्यबाद दिएका थिए ।ओएनएफले कोरियाका अन्य क्षेत्रमा पनि सङगठन बिस्तार गर्ने जनाएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...