अगष्ट १४ मा कोरियाको ७० औं स्वतन्त्रता दिवस,सरकारले सार्वजनिक बिदा दिने
सोल-दक्षिण कोरिया सरकारले स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आगामी अगष्ट १४ तारिखमा ७० औं स्वतन्त्रता दिवसको दिन बिदा कोरिया सरकारले सार्वजनिक बिदा दिन लागेको हो ।बसेको मन्त्रीमण्डलको बैंठकपछि राष्ट्रपति पार्क गुइन हयेले सरकारले छुट्टी दिने निर्णय गरेको बताईन ।
राष्ट्रपति कार्यलय चेंग वा देमा भएको सो बैंठकपछि राष्ट्रपति पार्कले भनिन्,’हामीले स्वतन्त्रता दिवस यसर्थ मनाउनुपर्छ किनकी यो दिन हामीले दबिएको बातावरणबाट मुक्ति प्राप्त गरेको हुनाले गर्व गर्ने दिन हो ।’
अर्का हप्ता बस्ने मन्त्रीमण्डलको बैंठकले बिदाको अन्तिम निर्णय गर्नेछ ।सो दिन सरकारी सम्पुर्ण कार्यलयहरु बन्द रहने छन्,भने निजी कम्पनीहरुलाई आफनो इच्छा अनुसार बिदा दिन वा नदिने निर्णय गर्न सक्ने समेत सरकारले बताएको छ ।
सो दिन राजधानी सोल लगायत विभिन्न ठांउमा विविध कार्यक्रम समेत हुने भएको छ ।१५ वटा ऐतिहासिक ठाउको दरबार र ४१ वटा मनोरञ्जन स्थल १४ अगष्ट देखि ३ दिनको लागि फ्रि खुल्ला रहने कोरिया टाइम्सले जनाएको छ ।सन १९४५मा जापानको उपनिवेशीय शासनबाट दक्षिण कोरिया स्वतन्त्र भएको थियो ।कोरिया सन १९१० देखि ४५ सम्म जापानको उपनिवेश रहेको थियो ।
त्यसैंगरी वित्त मन्त्री चोई क्यिोंग हवानले सरकारले १४ अगष्टमा ४६ हजार नयां कामको लागि १.३ ट्रिलियन वन रकम बजेट छुट्टयाउने बताए ।