एफ एन जे कोरियाले वृहत अन्तरक्रिया गर्ने
सोल – नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा “एन आर एन कोरिया र भावी नेतृत्व” विषयक वृहत अन्तरक्रिया हुने भएको छ । कोरियाका स्थानीय नेपाली मिडियाहरु सह आयोजक रहेको सो अन्तरक्रिया कार्यक्रम अगस्त १६ तारिख आइतबार नेपाल हाउसमा हुने भएको छ ।
कोरियामा बढदै गईरहेको चुनावी सरगर्मीको सन्दर्भमा एन आर एनको अधिवेशनको तयारी र भावी नेतृत्वलाई लक्षित गरेर सो अन्तरक्रिया कार्यक्रम गर्न लागिएको बताइएको छ । यसमा अध्यक्ष प्रत्यासीहरु तथा पुर्व अध्यक्ष आईसिसि तथा विभिन्न पदमा रहेर काम गरेका पदाधिकारीवित वृहत अन्तरक्रिया गर्न लागिएको हो ।
अहिलेको वर्तमान अवस्थामा अध्यक्ष लगायत विभिन्न पदका प्रत्यासीहरु पूर्व प्रतिनिधिहरु तथा नेपाली संघ संस्थाका पदाधिकारी तथा नेपालीहरु विचको यो अधिवेशनको पूर्व सन्ध्याको अन्तरक्रिया महत्वपुर्ण हुने बताइएको छ ।
पत्रकार महासंघका सचिव विशाल गहतराजले सो कार्यक्रमा उपस्थित हुन विभिन्न एन आर एनका पदाधिकारी तथा उम्मेदवार तथा नेपालीहरुलाई अनुरोध गरिएको जानकारी गराएका छन । साथै महासंघबाट सदस्यता पाएका पत्रकाहरुले आफ्नो परिचय पत्र यही अगस्ट महिनाको अन्त्य सम्ममा महसंघमा सम्पर्क गरि नबिकरण गराउनको लागि अन्तिम सुचित गरेको छ |
कार्यक्रम : २०१५ अगस्ट १६ आइतबार
समय : दिनको ठिक १२ बजे
स्थान : नेपाल हाउस , सोल