कोरियामा चर्चित लोक दोहोरी कलाकार जुना श्रीस र बसन्त थापा लाई सम्मान
सोल -फोनिज कोरिया सम्बददाता
बाग्लुंग सम्पर्क समिति कोरिया र रेसम फिरिरी सांगीतिक समूह कोरियाको संयुक्त आयोजनामा चर्चित लोक दोहोरि गायिका जुना श्रीस मगर र चर्चित लोक गायक तथा सर्जक बसन्त थापालाई यहि २०१५ अगस्त २ तारिखका दिन एक कार्यक्रमको बिचमा सम्मान गरियो| लोक गीत क्षेत्रमा सक्रिय योगदान दिएका कलाकार द्वय श्रीस र थापा गत जुलाई २६ तारिक रेसम फिरिरी सांगीतिक समूह कोरिया द्वारा आयोजित लोक दोहोरी समर धमाका कार्यक्रमका लागि कोरिया आएका थिए|
बाग्लुंग सम्पर्क समिति कोरियाका अध्यक्ष यम श्रीस मगर को अध्यक्षतामा भएको सम्मान कार्यक्रममा रेसम फिरिरी सांगीतिक समुहका सदस्य के बि पुन ले मन्तब्यले स्वागत गरेका थिए भने बाग्लुंग सम्पर्क समिति कोरियाका सचिब सज्जन कुमार सिंहले कलाकार द्वय श्रीस / थापा को कलाकारिता क्षेत्रको चर्चा गरेका थिए |तेसै गरि बाग्लुंग सम्पर्क समितिका सल्लाकार दिपक पुनले कलाकारहरुको सम्मान गर्न पाउनु एउटा गौरब को कुरा हो र सबै बाग्लुंगबासीहरु एक भै प्रबासमा हुने गरेका आपत बिपतका घटनालाई सहयोग गर्न बाग्लुंग सम्पर्क समिति एक साथी बनेकोमा हामी अझै खुसि छौ साथै भलिबल खेलमा समेत बाग्लुंगको उत्कृस्ट खेल प्रदर्सन सहित स्यांग्जा कपमा आजकै दिनमा प्रथम हुन सफल भएकोमा खेलाडीहरुलाई पनि बधाई तथा धन्यवाद प्रदान गरेका थिए| त्यसै गरी बाग्लुंग सम्पर्क समिति कोरियाका संरक्षक बिपिन गुरुङ लगायतका पदाधिकारीहरुले सम्मान पत्र खादा र उपहारले कलाकार श्रीस र थापा लाई सम्मान गरेका थिए|औपचारिक कार्यक्रम समापन पश्चात लोक दोहोरि गीत संगीत र नृत्य को माध्यम बाट उपस्थित सम्पूर्ण महानुभाबहरुले धित मरुन्जेल भरपुर मनोरंन्जन लिएका थिए| कार्यक्रम रेसम फिरिरी सांगीतिक समूहका संयोजक प्रेम सर्बुजाले संचालन गरेका थिए|