आउदो बर्ष ईपिएस कोटा अझै बढ्छ- राजदुत कमानसिंह लामा


दक्षिण कोरियाका लागि नेपाली राजदुतको जिम्मेवारी लिएर २०१२ को मेमा कोरिया आएका कमानसिंह लामा कोरिया प्रवेशसंगै केहि बिबादमा आए | ईपिएस प्रणाली खारेज हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि केही मिडियाले उनको खोइरो नै खाने |  केही नेपाली संघ सस्थाका प्रतिनिधिहरु समेत  कटाक्ष्य गर्दै विरोधमा उत्रिए  | खरो बोलि र स्पष्ट बक्ताका रुपमा चिनिने लामा एमाओवादी कोटाबाट राजदुत चुनिएका हुन् | कोरियाका लागि नेपाली दुतावासमा लामा नियुक्ति भएपछि के – कति उपलव्धिमुलक कार्यहरु भए र नेपाली मजदुरको समस्या समाधानको लागि दुतावासले चालेका कदमको बिषयमा केन्द्रित रहेर फोनिज कोरियाका न्युज डेस्क प्रमुख  निश्चल काउचाले लामासंग गरेको कुराकानी –

 

मूल त कोरियामा नेपालीहरुको के-के समस्या पाउनु भयो ?

 

बास्तवमा भन्ने हो भने कोरियामा मात्र नभई अन्य मुलुकमा पनि काम लगाउने मालिक र काम गर्ने मजदुर बीच सधै आ-आफ्नो स्वार्थको टकराब हुन्छ । यहाँ पनि टकराब सो सम्बन्धि समस्याका बाबजुद स्वास्थ सम्बन्धि समस्या लगायत सास्कृतिक , भाषिक देखि लिएर खानपानका समस्याहरु छन् | काम लगाउने मालिक देखि संगै काम गर्ने सहकर्मी कोरियन नागरिकवाट बिबिध समस्या हुने गरेको देखिएको छ |

 

नेपाली मजदुरको समस्या समाधान गर्न दुतावास उदासिन छ भन्ने आरोप पनि लाग्दै आएको छ नी ?

 

यो गलत हो | हामी समस्या समाधान गर्नकै निम्ति बसेका हौ | कतिपय घटनाहरुमा दुतावासको पहुच नपुगेको पनि हुन् सक्छ | घटना घटेका स्थल देखि लिएर अन्य फिल्डमा पनि दुतावास पुगेको छ | दूतावास नपुगेको कुनै ठाउँ नै छैन ।

 

पछिल्लो समयमा औधोगिक दुर्घटना र आत्महत्याको संख्या बढेको छ नी ?

 

दुर्घटनाका संख्या बढेको हो | यस बिचमा नेपालीको संख्या पनि कोरिया उल्लेखीय रुपमा बढेको छ | आत्महत्या बढ्नुमा केहीको मानसिक समस्या भएका केहीका स्वास्थ्य समस्यादेखि लिएर डिप्रेसनका समस्याहरु देखिएका छन् | औधोगिक दुर्घटना बढ्नुमा कम्पनीदेखि लिएर मजदुरले फस्ट एड सामाग्री समेत प्रयोग नगरेका कारण या कम्पनी मालिकले सामाग्री उपलब्ध नगराई दिएका कारण पनि हुन् सक्छ | र पेशा सम्बन्धि शीप र ज्ञानको कमीले पनि हुन सक्छ ।

 

सन् २०१२ मा गठन गरिएको नेपालीको मृत्युको कारण खोज्न बनेको अध्ययन समितिले बुझाएको प्रतिवेदन दुतावासले लागु गर्न नसक्दा पनि मृत्युदर बढेको हो भनिन्छ नी ?

 

त्यस्तो होईन | हामीले लागु गरेर २०१४ मा मृत्यु दर घटेको पनि थियो | हामीले काउन्सलिङ गरेका हौ | अहिले हामीले काउन्सलिङ गरेका प्राय नेपाल फर्की सके | अहिले नेपालीको संख्या पनि बदयो | नयाँहरुलाई काउन्सलिङ नपुगेको हुन सक्छ | उनीहरुलाई फेरी काउन्सलिङ गर्नु पर्ने अवस्था हो |

 

भुकम्प पीडितका लागि अन्य मुलुकबाट भन्दा कोरियाबाट धेरै सहयोग संकलन भयो | यो कसरी संभव भयो ?

 

नेपाली दुतावासले कोरियन सरकारसंग सरकारी स्तरमा मात्र नभएर जन स्तरमा पनि सम्बन्ध कति गहिरो जन सम्बन्ध बनाएको रहेछ भनेर यो भुकम्प पिडितलाई संकलन गरेको सहयोगबाट पनि प्रमाणित हुन्छ |

lama 4

सुरुमा तपाईको आलोचना खुब भयो | अहिले जताततै प्रसंसा सुनिन्छ | सुरुमा काम गर्ने अनुभव नभएर त्यस्तो भएको हो ?

 

अनुभव भन्ने कुरा काम गर्दै गएपछि खारिदै जाने कुरा हो | यहाँ कस्तो भो भने म भर्खर आएको मात्र थिए | काम नै नगरिकन आलोचना सुरु भो | अहिले काम गर्दै जादा मैले गरेका कामहरुका मुल्यांकन गर्दा राम्रो लाग्यो होला उहाँहरुलाई अनि आलोचना भएन |

 

नेपाल र कोरियाको राज्यस्तरीय सम्वन्ध अझै घनिष्ठ हुन सकेको छैन भनिन्छ नी ?

 

घनिष्ठ छैन भन्ने कुरा नै गलत हो | हाम्रो सम्वन्ध एकदम घनिष्ठ , सुमधुर उत्तरो – उत्तर बददै छ | कोरिया र नेपालको दौत्य सम्वन्ध जोडिएको चालिस वर्षसम्म पनि दुवै देशको तर्फवाट राष्ट्रपति या प्रधानमन्त्रि स्तरको भिजिट भएको छैन भनेर भन्न खोज्नु भएको होला अब यो हुने क्रममा छ | अब छिट्टै दुई देशको प्रधानमन्त्रि या राष्ट्रपति स्तरिय भ्रमण हुन्छ | हुने बाटोमा गईरहेको छ |

 

तपाईको कार्यकालमा भएका केही महत्वपूर्ण उपलव्धिहरुको बारेमा बताई दिनुहोस न ?

 

दुई देशको दौत्य सम्वन्ध अझ प्रगाढ र सुमधुर बन्दै गएको छ | कोरियाको जनस्तरमा पनि सम्वन्ध गाढा हुदै गएको छ | हामीले २०१२ मा नेपालमा लगानी प्रवद्धन गर्नको निम्ति सेमिनार गरेका थियौ |

 

२०१३ मा दुई देशको साँस्कृतिक सम्वन्धलाई बढवा दिन र बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भनेर प्रचार गर्नको निम्ति शान्ति दिप लुम्बिनी देखि कोरियासम्म लिएर आएका थियौ | अहिलेसम्म कोरियाका १ सय ८ गुम्बाहरु मध्ये १ सयवटा गुम्बाहरुमा शान्ति दिप स्थापना गरि सकेका छौ | बाँकी रहेका गुम्बाहरुमा पनि चाडै शान्ति दिप स्थापना गर्दैछौ |

 

यसैगरि २०१४ मा पनि सेमिनार गरेका थियौ लगानी प्रवद्धनको निम्ति कोरिया र नेपालको दौत्य सम्वन्धको ४०औ बर्ष गाठ भव्य रुपमा मनायौ | अब फेरी लगानी प्रवद्धन गर्ने उदेश्यका साथै २०१५ को सेप्टेम्बरमा भुकम्पपछि नेपालमा लगानी सम्भावना र स्थितिको बारेमा सेमिनार गर्दै छौ | यस्तै पोहोर साल राजदुत कप फुटबलको आयोजना गरेका थियौ | यसपाला पनि गर्दैछौ | अर्को महत्वपुर्ण कुरा हाईड्रो सेक्टरमा ४ सय २२ मेगावाट लगानीको प्रोजेक्ट नेपाल भित्रिएको छ |

 

केवाटरको लगानीमा अपरमोदी ६० मेगावाट , जाजरकोटमा चाल्नाखोलामा १ सय ४६ दर्ता सकिएर पनि सर्वे शुरु भैसकेको छ | र त्रिशुलीमा (अपर त्रिशुली २१६ मे.वा) कोसेपले डेभलप गर्दैछु । पीपीए भै निर्माण कार्य शुरु र्भ सकेको छ ।

 

कोरियाबाट नेपाल पैसा पठाउदा बैंकबाट भन्दा पनि अबैधानिक हुण्डी मार्फत बढी जान्छ | यसलाई रोक्न दुतावासले के -कस्तो कदम चालेको छ ?

 

यसलाई रोक्न नेपाल सरकार, कोरियन सरकार लगायत जनस्तरको पनि साथ र सहयोग चाहिन्छ | दुतावासले रोक्ने प्रयास गरिरहेको छ तर इफोर्ट नपुगेको हुन् सक्छ | हामीले बैंक मार्फत पैसा पठाउदा देशलाई फाइदा पुग्ने , नेपालमा लगानी गर्न सजिलो हुने सम्पति छानविन भएको खण्डमा स्रोत खुल्ने जस्ता फाइदाहरुको बारेमा प्रचार- प्रचार गर्दै बैंक मार्फत पैसा पठाउन आग्रह गरिरहेका छौ | हुण्डी कारोवार रोक्न कोरियामा रहेका विभिन्न संघ संस्था देखि लिएर सबै नेपाली समुदायले साथ दिए मात्र सम्भव छ |

 

ईपिएस कोटा बढाउन दुतावासले कोरियन सरकार समक्ष के -कस्तो कुटनीतिक पहल चालेको छ ?

 

ईपिएस कोटा यो साल अझ बददै छ | २०११/१२ तिर २ हजार २५ सय जति नेपाली कोरिया भित्रिने गर्थे | अहिले बर्षेनी ८ देखि ९ हजार नेपाली भित्रि रहेको अवस्था हो | आउदो महिना हाम्रो श्रम राज्यमन्त्रि आउदै हुनुहुन्छ | हाम्रो दुई  देश बिचको सम्झौता एमओयु छ | सम्झौता नवीकरण हुँदैछ | आउदा बर्षका लागि कोरियन सरकार समक्ष कोटा बढाई दिनको निम्ति आग्रह गरेका छौ र बढ्ने पनि छ |

 

कोरियाबाट फर्कन लागेका नेपाली युवाहरुलाई कुन-कुन सेक्टरमा लगानी गर्न सुझाव दिनु हुन्छ ?

 

नेपाल कृषिप्रधान देश हो | जलस्रोतमा दोस्रो धनी देश , विश्वको उच्चहिमशिखर भएको देश बिबिध भाषा ,धर्म , सस्कृति भएको देश हो नेपाल | नेपालमा लगानी गर्न सबै सेक्टर खुला छन् | तपाईको अनुभव , दक्षता , रुचि कुन सेक्टरम छ त्यसैमा लगानी गर्नुहोस | तपाईसंग पुजी कति छ ? यो सबैको समायोजन गरेर लगानी गर्न आग्रह गर्दछु |

 

अन्त्यमा केही भन्न चाहनु हुन्छ की ?

 

कोरिया भनेको कठिन परिश्रम गर्नु पर्ने मुलुक हो | परिश्रम अनुसारको मूल्य पनि पाउने देश हो | अरु देशमा जस्तै यहाँ पनि भाषिक . खानपान देखि लिएर सास्कृतिक समस्याहरु छन् | कुनै समस्या परेमा दुतावास या कुनै संघ , संस्थाका प्रतिनिधिसंग सम्पर्क राख्नुहोस | दुतावासले आफुले सकेको सहयोग गर्न तयार छ | केही कुरा राख्ने मौका दिएका फोनिज कोरियालाई धन्यवाद दिन चाहन्छु र मिडियाले सधै निष्पक्ष समाचार सम्प्रेरण गरि दिन पनि आग्रह गर्दछु |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...