कुन जिल्ला कुन प्रदेशमा पर्यो हेर्नुहोस


 

काठमाडौं – प्रमुख चार दलका शीर्ष नेताले ६ प्रदेशको सीमांकनमा टुंगो लगाएका छन् । शनिबार बिहानैदेखि छलफलमा जुटेका शीर्ष नेता सहितको संवैधानिक राजनीतिक संवाद तथा सहमती समिति अन्तर्गतको विशेष समितिको बैठकमा तराईमा २ प्रदेश र पहाडमा ४ प्रदेश बनाउने गरी सहमति जुटाएका हुन् ।
यस्तै कैलाली र कन्चनपुरलाई नछुट्याउने तथा झापा, मोरङ र सुनसरीलाई पनि पहाडी जिल्लासँग जोडेर एकै प्रदेशमा राख्ने गरी सहमति जुटेको हो । प्रदेशको नामांकन भने भएको छैन । दलहरुबीच अनौपचारी रुपमा कुन जिल्ला कुन प्रदेशमा राख्ने भनेर पनि सहमति भएको छ ।

कुन जिल्ला कुन प्रदेशमा परे त ?

 

प्रदेश १ : मेची,  कोशी र सगरमाथा अञ्चलका सबै जिल्ला

मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ
कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र भोजपुर
सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ

प्रदेश २ : बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप

बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक

प्रदेश ३ : पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला

पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही

प्रदेश ४ : राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग

लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पा
राप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान

प्रदेश ५ : गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग

गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ
धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ

प्रदेश ६ : सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत जाजरकोट र दैलेख

कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु
सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा
महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनाल डान्स पार्टीका लागि डिजे “अमु” कोरिया आउने
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...