मोक्पो चौतारीद्वारा बिद्यालयलाई १ लाख रुपैयाँ
अरुण सेजवाल
मोक्पो – भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको सरस्वति प्राबिको पुननिर्माणको लागि मोक्पो चौतारी कोरियाले १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
सहयोग रकम चौतारीका अध्यक्ष रोशनकुमार पौडेलेले एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् |
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका सम्पुर्ण अभिभावक र अन्य संघ संस्थाका अतिथिहरु पनि उपस्थिति थियो । विद्यालय निमार्णपछि त्यहा रहेका बालबालिकाले आफनो भविष्यलाई उज्वल बनाउने छन भन्ने विश्वाश मोक्पो चौतारी नेपालले बिश्वाश लिएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष पौडेले सरस्वाति प्रा.वि. जस्तै मोक्पो चौतारीले अन्य ६ वटा विद्यालयलाई सहयोग गर्ने बताए | उनले सहयोगलाई सबै विद्यालयले सही सदुपयोग गर्न र चौतारीले भुकम्पको पीडामा थोरै मलम लगाउन पाएकोमा खुसी व्यक्त गरे ।
साथै संस्थाले गरेको सहयोग प्रति विद्यालय व्यावस्थापन समितीका अध्यक्षले मोक्पो चौतारी नेपाल लाई धन्याबाद दिएका थिए ।
मोक्पो चौतारीले अन्य ४ वटा प्राबि र १ माबि पुन निर्माण गर्ने अभियान संचालन गरेको छ |