एनसीसीले तत्काल ३० लाख वनको कोष स्थापना गर्ने
सोल-कोरियामा रहेका नेपालीहरुको पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसिसि )ले आपतकालीन कोष स्थापना गर्ने भएको छ | यहाँ रहेका नेपालीहरुलाई समस्या परेका बेला सहयोग गर्ने उद्धेश्यले सो कोष स्थापना गर्न लागिएको हो |
तत्काल ३० लाख वनबाट शुरु हुने कोष बढाउदै लाने लक्ष राखिएको छ | यसका लागि विभिन्न संघसंस्था, वुद्धिजिवि, पत्रकार, समाजसेवि, व्यापार ब्यबसाय लगायत नेपाली दाजुभाई तथा दिदिवहिनिहरूको प्रत्यक्ष उपस्थितिमा एक संयुत छलफल कार्यक्रम आयोजना गरि कोषको घोषणा गरिने जनाइएको छ |
कोष स्थापना अभियानमा सहभागि गराउने र एनसिसिको कार्यसमितिका पदाधिकारिहरूबाट सक्दो रकम हस्तान्तरण गर्ने एनसिसि सचिव सुन्दर लिम्बुले बताए | कोष स्थापनाको घोषणा मिति पछि तोकिने जनाइएको छ |