कोरियामा अबैधानिक बस्ने नेपालीको संख्या बढ्यो
सोल – अर्थतन्त्रका हिसाबले एसियाको चौथो मुलुक दक्षिण कोरियामा नेपालीको संख्या ३४ हजार पुगेको छ । नेपालीहरु विशेषगरी रोजगारी, अध्ययन बिजनेस र वैवाहिक भिसामा यहाँ आएका छन् ।
इपीएस लागू भएको साढे ७ वर्षमा ३२ हजार ५ सय ५७ नेपालीले दक्षिण कोरियामा रोजगारीका अवसर पाएका छन् । पुरुषहरुको तुलनामा महिलाहरुको संख्या ज्यादै न्यून छ ।
अवैधानिक तवरले बस्नेको कोरियामा कुनै तथ्थांक नभए पनि ३ हजारदेखि ५ हजार युवा त्यतै लुकेर बसेको श्रम तथा रोजगार मन्त्रालयको अनुमान छ | भिसा सकिएर लुकिछिपी बस्नेमा पछिल्लो चरणमा नेपाल दोस्रो स्थानमा आएको छ भने बंगलादेश पहिलो नम्बर आएको एक अध्यनले देखाएकोछ ।
यसरी कामदार लुकेर बसे दिदा नेपाललाई दिँदै आएको कोटामा कमी आउनुको साथै कामदार लैजान पनि उसले बन्द गर्न सक्ने भन्दै श्रम तथा रोजगार मन्त्रालयले चिन्ता ब्यक्त गरेको छ |