उत्तर कोरियामा नेतालाई मृत्यु दण्ड
सोल -उत्तर कोरियामा नेताहरुलाई मृत्यु दण्ड दिने क्रम रोकिएको छैन | नेता किम जोङ उनका नीतिमा असहमति राखेको आरोपमा एक वरिष्ठ नेतालाई मृत्यु दण्ड दिइएको बताइएको छ । दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार ६३ वर्षिय चोय यङ गनलाई मृत्यु दण्ड दिइएको हो ।
समाचार अनुसार किमको वनसम्बन्धि नीतिमा चोयले असहमति जनाएका थिए । चोय पछिल्लो ८ महिनादेखि कुनै सार्वजनिक स्थानमा नदेखिएको पनि जनाइएको छ । सन् २०११ मा किमले सत्ता सम्हालेदेखि उत्तर कोरियामा थुप्रै उच्च अधिकारीलाई मृत्युदण्ड दिइसकिएको बताइएको छ । केहीअघि किमको कार्यक्रममा झकाएको भन्दै सुरक्षा प्रमुखलाई सार्वजनिक स्थलमा एन्टी एयरक्राफ्ट गनले उडाइएको थियो ।