ज्योतिले मानहानी गर्ने बिरुद्ध उजुरी हालिन
काठमाडौं- चर्चामा रहेकी लोकगायिका ज्योति मगरले आफूसँग सम्बन्धित नै नभएका समाचारहरु विभिन्न अनलाइन पोर्टलहरुले प्रकाशित गरी मानहानी गरेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।
बुधबारदेखि सामाजिक सञ्जालमा एउटा गीतको सुटिङका क्रममा कुटिएको चर्चा चलेको थियो | उनले आफू हैरान भइसकेको भन्दै साइबर क्राइम अन्तर्गत मुद्दा हाल्नुपर्ला जस्तो भइसकेको बताएकी थिइन् ।
प्रेस काउन्सिलमा दर्ता गराइएको उजुरीमा ज्योतिले प्रेस काउन्सिलमा दर्ता भएका अनलाइनहरु हुन् भने आचार संहिता अन्तर्गत कारबाही गराई पाउन र दर्ताविहीन अनधिकृत हुन् भने साइबर क्राइम डेस्कबाट कारबाही हुने गरी सिफारिश पत्र उपलब्ध गराइ पाउन निवेदन दिएकी हुन्।