मृतकको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
सोल – गत जुलाई ३१ मा आफ्नै सहकर्मी हत्या गरेका काभ्रेका सुदिप रावत र अगस्त १२ मा कोठामा मृत फेला परेका नवलपरासीका स्व.बिरेन्द्र प्रसाद चौधरिको सम्झनामा काभ्रे सम्पर्क समिती , नवलपरासी कोरिया सम्पर्क मन्चको आयोजना, प्रवासमा हाम्रो एकता समुहको संयुक्त आयोजना सोल स्थित नेपाल हाउसमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमिल्सिनाको अध्यक्षता कोरियाका लागि नेपाली महामहिम राजदुत कमन सिंह लामाको प्रमुख अतिथ्यामा सम्पन्न श्रद्धाञ्जली सभामा राजदुत लामाले घटनाले आफू दुखित भएको र मनोरञ्जनको नाममा साथी भाई धूम्रपान तथा मद्दयपानको कुलतमा लागेर क्षणिकलाई समाल्न नसक्दा यस्तो घटना घटने हुदा आफै सजक हुनु पर्ने बताए ।
श्रमसहचारी अनिल गुरुङले यस्तो घट्ना पहिलो भएको र यो नै अन्तिम हुनु पर्ने र यस्तो भईपरी आउने दूतावासले गर्न सक्ने जस्तो सुकै काम जति बेला पनि आफू तयार रहेको बताए । कार्यक्रममा समाजसेवी रुद्र शर्मा , एनआरएन अध्यक्ष बिनोद कुवर , केपि सिटौला एनसिसि अध्यक्ष प्रेम शाह ,यज्ञराज सुवेदी लगायतले मृतकहरु प्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शाेकाकुल परिवार प्रती हार्दिक संवेदना प्रकट गरेका थिए । उक्त श्रद्धाञ्जली समारोहमा नेपाली समुदायको उल्लेखीय उपस्थिति रहेको थियो |
काभ्रे सम्पर्क समितिले स्व.सुदिप रावतको नाममा अक्षय कोष स्थापना गरेको र उक्त रकम पछि साबजानिक गरिने जानकारी दिने जनाएको छ ।