Advertisement
SKIP THIS

नेपाल सरकारले पोलिसी ल्याएर मापदण्ड लागु गरिदिए हुण्डी कारोबार रोकिन्छ – नबिल बैकका कोरिया प्रतिनिधि बिदुर लिम्बु


सन् २००७ मा ईपिएस प्रणाली लागु भए पछि कोरियामा नेपालीसंख्या बददो छ | अहिले झन्डै ३२ हजार नेपाली कोरियामा कार्यरत रहेका छन् | कोरियामा अहिले नेपालका आधा दर्जन भन्दा बदि बैकहरुले कोरियन बैकसंग सहकार्य गरेर कारोबार गरिरहेका छन् | २००९ मा नेपालीलाई सेवा दिनको निम्ति नबिल बैक कोरिया प्रवेश गरेको थियो र निरन्तर सेवा दिइरहेको छ | कोरियाबाट बैधानिक बैकिङ प्रणालीवाट भन्दा बदि अबैधानिक हुण्डी मार्फत बदि पैसा पठाईन्छ | यस्तो हुनु कारण के हो र बैकवाट पैसा पठाउदा हुने फाईदाहरुको बारेमा फोनिजकोरियाका लागि नबिन बैकमा बजार व्यवस्थापक बिदुर लिम्बुसंग निश्चल काउचाले गरेको कुराकानी :-

 

 

 

कोरियामा रहेका नेपालीहरुले रेमिटयान्सवाट भन्दा हुण्डी मार्फत बदि पैसा पठाउछ्न | यस्तो हुनुको कारण के होला ?

 

 

कोरियामा नेपालसंगै १५ वटा राष्ट्रवाट कामदार आउछन | नेपाल बाहेक अरु १४ वटा देशका कामदारहरुले बैकिङ प्रणाली मार्फत पैसा पठाउछन् | हामी कोरिया रहेका नेपालीहरुमा म , मलाई र मेरो भन्ने लोभका कारण पनि यस्तो भएको जस्तो लाग्छ | अर्को मुख्य कुरा के छ भने शुरुमा नेपालवाट आउदा प्राय सबैले बैकवाट पैसा पठाउछन् | पछि आफ्नै कम्पनीका या वरपरका सिनियर नेपालीहरुले हुण्डी मार्फत पैसा पठाउन आग्रह गर्दै बैकवाट भन्दा हुण्डीवाट पैसा पठाउदा यति नाफा हुन्छ भन्दै हुण्डीवाट पैसा पठाउन प्रेरित गर्छन | यो गलत छ | अर्को कुरा नेपाल सरकारको कुनै पोलिसी छैन | अहिले जति गरि रहेका छौ निजी बैकहरुले मात्र गरिहेका छौ |

 

 

बैकिङ प्रणाली झन्झटिलो भो भन्ने गुनासो पनि सुनिन्छ नी ?

 

 

यो कुरा चाहि म नकार्छु | कोरियामा नेपाली बैकहरुले जुन सेवा , सुबिधा दिएका छन् अरुको विश्वका कुनै पनि देशमा दिएको छैन | कोरियामा बैकिङ प्रणाली निकै सरल छ | नेपालका बैकहरुले कोरिया बैकसंग सिधै सहकार्य गरेर कारोबार गरिरहेका छन् | अरु देशमा भन्दा कोरियावाट पैसा पठाउदा लाग्ने चार्ज पनि थोरै छ | एक चोटी हाम्रो अफिसमा आएर खाता खोलेर ईबैकिङ बनाउनुस त्यस पछि त तपाईहरुले सिधै कोठामै बसेर १०० प्रतिशत सुरक्षित साथ् पैसा पठाउन सक्नु हुन्छ | यसलाई कसरी झन्झटिलो भो भनेर भन्ने ?

 

तपाईहरुको सेवा सोल केन्द्रित देखिन्छ | सोल देखि टाढाका सेवाग्राही त सेवा लिनबाट बन्चित भए नी ?

 

 

सोल केन्द्रित मात्र भो भन्न मिल्दैन | हाम्रो मार्केटिङ ग्रुप आनसान , सुवन , थेगु , थेजनतिर पनि घुमिरहेको हुन्छ | यदि कोई नेपाली दाजुभाईहरुले १०/१२ जनाको ग्रुप भएर हामी तपाईको बैकमा खाता खोलेर कारोबार गर्न चाहन्छौ भनेर सम्पर्क गर्नु भयो भने कोरियाको जुनसुकै ठाउँमा पनि हामी पुग्न तयार छौ |

 

हुण्डी कारोबार फस्टाउनुमा नेपाल सरकारको स्पष्ट नीति नभएर हो पनि भनिन्छ नी ?

 

 

पक्कै पनि कोरियामा आउने ईपिएस लागु भएको अरु देशको सरकार एक्टिभ छ | उनीहरुले एचआरडी कोरियासंग समन्वय गरेर कारोबार गरिरहेका छन् | तर नेपाल सरकारलाई रेमिटयान्स मार्फत पैसा नपठाउदा मासिक करोडौ घाटा छ भनेर सबै थाह हुदा हुदै पनि आँखा चिम्लेर बसेको छ | अर्को कुरा एक अध्ययन अनुसार कोरिया आउने मजदुरहरुमा अरु देशका तुलनामा नेपाली मजदुरहरु शिक्षित पाईएको छ | शिक्षित बर्ग हुदा हुदै पनि २/४ हजारको लोभमा परेर देशलाई नै घाटा हुने गरेर पैसा पठाउनु पनि गलत हो |

 

बैकवाट पैसा पठाउदा के-के फाईदा ?

 

पहिलो कुरा बैधानिक बाटोवाट पैसा पठाउदा ढुक्क भईयो | अर्को कुरा नेपालमा ईनकम स्रोत देखिने भो | ईनकेश अख्तियारले सम्पति छानबिन गर्यो भने बकईदाका साथ स्रोत देखाउन पाईयो | पछि नेपाल फर्के पछि कुनै उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको निम्ति ऋण चाहिएमा लिन सजिलो हुने भो |

 

 

हुण्डी कारोबार रोक्न के गर्नु पर्ला ?

 

 

यसमा हाम्रो प्राईभेट सेक्टरका बैकहरुले आफ्नै ठाउमा बसेर काम गरिरहेकै छौ | तर टोटल्लि कन्ट्रोल गर्न त नेपाल सरकार र राष्ट्र बैकले पोलिसी ल्याएर मापदण्ड लागु गरिदिए हुण्डी कारोबार रोकिन्छ |

 

अन्त्यमा केही भन्नु हुन्छकी ?

 

कोरिया रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले २/४ पैसाको लोभमा परेर अबैध हुण्डी कारोबारलाई प्रमोट नगरौ | समय – समयमा हुण्डी कारोबारीहरु भागे भन्ने न्युजहरु आईरहेको हुन्छन | यसवाट बच्नको निम्ति पनि बैकिङ प्रणाली अपनाउनु हुन् आग्रह गर्दछु | धेरै नै नेपालीहरुले बैकमा खाता खोल्नु भएको छ तर कारोबार हुण्डी मार्फत गर्नु हुन्छ खाता मात्र खोल्ने बैकवाट कारोबार नगरी दिदा कोरियाका बैकहरुले नेपाली प्रति हेर्ने दृष्टिकोण पनि नकारात्मक हुदै गएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति
  • NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ
  • दक्षिण कोरियाली राष्ट्रपति युन सुक योल पदमुक्त: संवैधानिक संकटको ऐतिहासिक परिणाम
  • अप्रील ४ तारिख शुक्रवार दूतावास कोरिया बन्द हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...