आदिबादी जनजाती महासंघ कोरियाको नेतृत्व गर्न तयार छु – चित्र बहादुर मोक्तान
जिवनको हरेक पल र क्षणहरु अबसर र चुनौतिले घेरिरहेका हुन्छन । मेरो लागि यस्तै अबसर र चुनौतिको कडि हो नजिक आइरहेको नेपाली आदिबासी जनजाती माहासंघ दक्षिण कोरिया को आशन्न महा अधिबेशन पनि ।
२००८ मा स्थापित आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियामा विभिन्न पेशा ब्याबसाय गरि रहेका आदिबासी जनजातिहरुलाई एकताबद्ध गरेर अन्य जातजातिहरु सङ्ग समानताको आधारमा मैत्रीपुर्ण सम्बन्ध पारस्परिक सहयोग, सामाजिक सदभाव राख्दै नेपालामा बिध्यमान जातिय भेदभाव , उपेक्षालाई दिर्घकालिन समाप्त पार्न र जातिय पहिचानमा आधारित समाबेसी समतामुलक समाज निर्माण गर्न स्थापित अधिकारको खोजमुलक बिसुद्ध सामाजिक सस्था भएकोले उक्त माथी उल्लेखित कार्य गर्न मेरो इच्छा र म सक्षम छु भन्ने सबै यश महासङ्घमा आबद्ध ९ जातिय सस्था को साथ साथै आदिआसी जनजाती महासङ्घ कोरियामा आबद्ध सस्थापक सदस्य र साधारण सदस्य एबम अन्य कोरियामा रहेको आदिबासी जनजाती मित्रहरुमा पनि अबगत गराउन चहान्छु ।
नेपालमा हुदाखेरी सामाजिक कार्यमा आधारित रामेछाप सरोकार मञ्च र रामेछाप काठ्मान्डौ ग्रामिण बिकास मञ्च को अध्यक्ष । अन्तर्राष्ट्रिय शान्ती सन्देशमा विश्व सन्जाल युराशिया रेयुकाइ सब बेस क्याम्प र NTOS को महासचिव । स्थानिय बिकास एबम SDC को सङ्युक्त लगानिमा आधारित ग्रामिण स्वास्थ्य परियोजना नेपाल र तामाङ सङ्घ दक्षिण कोरियामा कोषाध्यक्ष हुँदै हाल नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको उपाध्यक्षमा अनुभव बटुल्दै ।
मैले आदिबासी जनजाती महासङ्घमा उपाध्यक्ष पदमा रहि कार्य गर्दा भोगेका र देखेका कमि कमजोरिलाइ सुधार्दै लान सक्ने जोश र जागर छ । यो केही गर्छु भन्ने जोश र जागरलाई सदुपयोग गर्ने मौका प्रदान गरि दिन हुन तपाईं सरोकारवालाहरु को साथ र सहायोगको अपेक्ष गर्दछु ।