छुसकमा कोरियाबासी नेपालीलाई मन्त्र ब्याण्डले मन्त्रमुग्ध बनाउने


आशिष थापा  मगर

 
सोल – कोरियामा रहेका संघ-सस्थाहरू मध्ये पुरानो तथा अत्यन्तै क्रियाशील संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले भुकम्प पीडित बालबलिकाहरुको शिक्षाको लागि कोरियन महान् पर्व चुसकको दोस्रो दिन सेप्टेम्बर-२७ तारिखमा ” मनास्लु सांगीतिक सौगात भाग-२ ,मन्त्र लाईभ कन्सर्ट ईन कोरिया” नामक कार्यक्रम आयोजना गर्ने जनाएको छ | उक्त कार्यक्रमको लागी कलाकार छनोट पूर्ण रूपमा सम्पन्न भएको संस्थाले जानकारी दिएको छ |

 
युवापुस्ता माझ परिचित दार्जलिङगे मन्त्र ब्याण्डको बिशेष प्रस्तुति रहने छ | मन्त्रको ”गोर्खालीको छोरो म गोर्खे मेरो नाम, ”आईलाग्ने शत्रुको म गर्छु काम तमाम, ”ईतिहास पल्टाई हेर या पुर्खालाई सोध जितेका छौं संसारलाई , ”वीर वीर वीर गोर्खाली” जस्ता गीत लोकप्रिय छन् | सन् १९९९ मा स्थापना भएको ब्याण्डले अहिलेसम्म पाँचवटा एल्बम बजारमा ल्याईसकेको छ |

 

बिगत १६ बर्ष देखि गीत संगीतको निम्ति लागिपरेको ब्याण्डमा ब्रिज, दिवास्कर, विनय थापा, प्रज्ञा लामा र भास्कर देवान रहेका छन् । रक फ्लेवरको गीत गाउन पोख्त ब्याण्डले कोरियामा रहेका युबा जमातलाई फ्लोर तताउन बाध्य पार्ने कुरामा दूई मत रहने छैन | साथमा लोक दोहोरी गायक , गायिका दीपसागर थापा मगर र राधिका हमाल पुनले आफ्ना कर्ण प्रिय गीत सुनाउदै दर्शकलाई छमछमी नचाउने छन् | सोहि कार्यक्रममा गण्डक क्षेत्रमा प्रख्यात कौडा नृत्य(लाईभ)को साथमा स्थानीय कलाकारहरूको पनि बजोड प्रस्तुति रहने छ |

 
सङबुक कुमिन यसङ ह्वेग्वानको हलमा हुने कार्यक्रममा कोरियामा रहनु हुने बिभिन्न पेशामा आबद्ध ब्यापारी ,मजदुर , विद्यार्थी , पत्रकार लगायत सम्पूर्ण कोरियाबासी नेपालीहरुमा उपस्थिति भई कार्यक्रम भब्य रुपमा सफल बनाई दिनको निम्ति नेपाल गोरखा परिवार दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ |

 

 

 

पुनश्च – उक्त दिन कोरियामा रहेका कुनै पनि संघ संस्थाले कार्यक्रम नजुदाई दिनको निम्ति संस्थाले आग्रह गरेको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सलनाल २०२५ मा “झोर्ले सांगीतिक सौगात भाग २” को आयोजना हुने
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...