क्यान्सरपिडित विपेन्द्रलाई सहयोगको अपिल


फोनिज कोरिया सम्वादाता
दक्षिण कोरिया, एसएलसीमा राम्रो अंक ल्याएर कम्प्युटर साइन्स पढने चाहनासँगै यसवर्षको एसएलसि दिने तयारीमा जुटिरहेका थिए १७ वर्षिय विपेन्द्र राई । सोलुखुम्बु जिल्ला छेसकाममा जन्मेका विपेन्द्र तीन वर्षकै उमेरमा बुबा बितेर टुहुरो बनेका थिए । उनको भाइसहित उनलाई आफ्नो एक्लो आमाले अनेकौं दुखकष्ठ खेपेर हुर्काइन् । तर कलिलो उमेरमै क्यान्सरले उनलाई गाँज्यौ । कम्प्युटर साइन्स पढेर आइटी सेक्टरमार्फत् राष्ट्रको सेवा गर्ने लक्ष्य लिएका विपेन्द्रको सपना छिनभरमै चकनाचुर भएको छ ।
Non Hodgkim Lympoma नामक क्यान्सरबाट पिडित बनेका उनी यतिखेर भक्तपुरको क्यान्सर अस्पतालमा जीवन र मृत्युसँंग संघर्ष गरिरहेका छन् । Non Hodgkim Lympoma क्यान्सर रोग तुरुन्तै Chemotherapy दिएको खण्डमा निको हुने रोग हो तर एकदमै महंगो पर्ने भएकोले विरामी विपेन्द्रसहित उनकी आमाले अस्पतालको शैयाबाट आफ्नो जीवन बचाइदिन सहयोगको लागि अपिल गरिरहेका छन् । उपचार गर्नको लागि पाँच लाख रुपैया खर्च लाग्ने र आर्थिक अवस्था कमजोर भएकोले तत्काल यत्रो ठुलो रकम जम्मा गर्न नसक्ने भएपछि विपेन्द्र राई बचाउ अभियान समितिको समेत गठन गरिएको छ ।
यहि अभियानलाई सफल पार्न तथा सेवा नै ठुलो धर्म हो भन्दै एउटा टुहुरो गरिब जेहेन्दार विद्यार्थीको उपचारको लागि सोलु सम्पर्क समिति दक्षिण कोरियाले कोरियामा रहेका विभिन्न संघसंस्था र विभिन्न पेशामा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई आर्थिक सहयोग गरिदिनको लागि अनुरोध  गरेको छ । सहयोगको लागि सोलु सम्पर्क समितिका राई केदार सिंहको NH बैंक खाता नम्बर ३५१००७४२४३४८३ मा रकम जम्मा गर्न सकिने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • कोरियाको बुसानमा पनि चासोक तङनाम मनाइयो
  • कोरियामा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” का लागि बिमता घर्ती मगर कोरिया आउने
  • बुसानमा डिसेम्बर २२ का दिन चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...