Advertisement
SKIP THIS

नेपालमा सरसफाइ गर्न अमेरिकामा धुर्मुस र सुन्तलीको आव्हान


ङिमा पाख्रीन, अमेरिका

हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) यतिखेर अमेरिकाको यात्रामा छन् । अमेरिकाको बिभिन्न शहरमा कार्यक्रम देखाउँने क्रममा दर्शकबाट पाएका माया र सहयोगले उनीहरु हौसिएका मात्रै छैनन्,  नेपालमा आफूले गर्दै आएका सरसफाईको अभियान पुरा हुनेमा ढुक्क छन् ।

नेपाललाई सन २०१७ भित्र खुला दिशा मुक्त बनाउँने उनीहरुको अभियान छ । नेपाल सरकारले यो जोडीलाई करिव दुई महिना अघि नेपालको सरसफाई दूतमा नियुक्त गरेको थियो । यसलाई उनीहरुले अवसर र चुनौतीको रुपमा स्विकारेका बताए । सरसफाई दूत बने पछिको छोटो समयावधी काम गर्दा नै उनीहरुले निकै  सफल्ता मिलेको सुनाए ।

सीतारामका अनुसार बागमती सरसफाई अभियानमा स्थानिय जनसमुदायबाट उनीहरुलाई पर्याप्ता सहयोग मिल्यो । जन सहभागितामा हुने काम सफल र दिगो हुनेमा उनीहरुको बिश्वास छ । त्यसैले मनोरञ्जनात्मक तरीकाले उनीहरुले जनसमुदायलाई सरसफाईको लागि लाग्न अनुरोध गर्दा राम्रो प्रभाव परेको उनीहरुको ठम्याई छ ।

फोन सम्पर्कमा सीतारामले भने, “हाम्रो बोली बिकेको छ, यसले हामीलाई निकै उत्साहित बनाएको छ ।” सरसफाईको मु्द्दा अव राष्ट्रिय मुद्दा बनाईनु पर्ने धारणा यी जोडीको छ । उनीहरु त्यसैको लागि लागि परेका पनि छन् । ‘सबै जनता सबै दल, सरसफाईमा लगाऊँ बल’ भन्ने मूल नारा उनीहरुले बनाएका छन् । मेची काली सफाई अभियान लगायतका कार्यक्रमहरु उनीहरुले नेपालमा तय गरेका छन् ।

अमेरिकाका नेपाली समुदायले उनीहरुको अभियानलाई साथ दिन थालेको उनले बताए । हालै भर्जिनिया र बोस्टोनमा कार्यक्रम गर्दा ९००० (नौ हजार) डलर सहयोग जुटी सकेको सीतारामले जानकारी दिए । उनका अनुसार भर्जिनियामा दर्शकबाट उठेको रकममा सगुन डट कम ले उत्ति नै रकम राखेर म्याचिङ गरी दिए । प्रेम राजा महत, लोक तिवारी, राम प्रसाद खनाल लगायतले राम्रो सघाए । बोस्टोनमा ग्रेटर नेपाल सोसाईटी, पशुपती फाउन्डेसन, लायन्स क्लब लगायत स्थानीय ब्यापारीहरुबाट सहयोग जुट्यो ।

उनीहरुले कार्यक्रम गर्ने अमेरिकाका अन्य शहरहरुबाट यसरी नै सहयोग पाउँने उनीहरुले आशा राखेका छन् । अमेरिकी यात्रामा उनीहरुलाई लोक तथा दोहोरी गायक पशुपति शर्मा र सँगीता थापा मगरका साथै आधुनिक गायक प्रमोद खरेलले साथ दिई रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...