नेपालद्वारा कुवेत पराजित
सोल — एसीसी अन्डर-१९ प्रिमियर लिगमा नेपालले कुवेतविरुद्ध ८३ रनको शानदार जीत हासिल गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनाएको थियो। २५१ रनको लक्ष्य सहित जावाफी ब्याटिङमा अाएको कुवेतले ५० अाेभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो।
नेपालका लागि १० अाेभर बलिङ गरेका सुशील कँडेलले २ अाेभर मेडन राख्दै दुई विकेट लिए। प्रेम तामाङको हातमा दुई विकेट पर्यो भने अारिफ शेखले एक एक विकेट लिए। नेपालको सुरुवात राम्रो नभए पनि मध्यक्रममा ब्याट्सम्यान सम्हालिएपछि सम्मानजनक स्कोर बनेको हो।
नेपालका लागि सौरभ खनाल र दीपेन्द्रसिंह ऐरीले १ सय ३० रनको महत्वपूर्ण साझेदारी गरे। दीपेन्द्रले ९ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८५ रन बनाउँदा सौरभले ५ चौका र १ छक्काको मद्दतमा ७३ रन जोडे। त्यस्तै प्रेम तामाङले २३, कप्तान राजु रिजाल १५, सुनिल धमलाले ११, शङ्कर रानाले ८, आशिष धामी ४ रन बनाउँदा आरिफ शेख र राजवीर सिंहले भने खातासमेत खोल्न सकेनन्।
प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघिका तीन खेलमध्ये नेपालले दुई जित हात पारेको छ भने एक खेलमा हार ब्यहोरेको छ।