एनआरएन कोरियाको सचिबमा राजुको उमेरद्वारी
सोल-आसन्न अधिबेशनमा सचिव पदका लागी राजु सन्तोषी थापाले उमेरद्वारी घोषणा गरेका छन् |
२०१५ सेप्टेम्बर महिनाको १२-१३ मा हुन लागेको कोरियाको पाचौ अधिबेशन नजिकिंदै गर्दा थापाले सचिब पदमा उनले प्रेस बिज्ञप्ति निकाल्दै आफ्नो उमेरद्वारी घोषणा गरेका छन् | उनि चौथो अधिबेशनमा सचिब पदमा थोरै मतले पराजय भएका थिए |
थापाले बिगतको अनुभव सगाल्दै फेरि पनि सचिब पदमा उम्मेदवारी दिन लागेको बताएका हुन् | ‘एनआरएन जस्तो अन्तर्राष्ट्रिय स्तरको नेपाली संस्थाको पदाधिकारी स्तरमा उम्मेदवारी दिनु भनेको आफैमा महत्वपुर्ण बिषय हो ।’ उनिद्वारा जारि बिज्ञप्तिमा भनिएको छ ‘मेरा अग्रज दाजुहरु , शुभचिन्तक साथिहरु र सामजिक परिबर्तनको निम्ती चिन्तित रहनु भएका सबै बरिष्ठ सामाजिक ब्यक्तित्वहरुको प्रेरणा बमोजिम नै म आज उम्मेदवारको रुपमा अगाडी आएको छु ।’
ईपीएसबाट आएका उनि बिगत ६ वर्षदेखी एनआरएन कोरियाका हरेक कार्यक्रम तथा विभिन्न संघ संस्थामा आवद्ध भइ सामाजिक सेवा गर्दै आएका छन । उनीसंग दिर्घकालीन र ब्यवस्थित नेपाल हाउस निर्माणार्थ दश करोड संकलन अभियान स्वरुप आयोजित महामेला सफल पार्न नेपाल हाउस ब्यबस्थापन समिति सचिबालय सदस्य भएर सकृय जिम्मेवारी वहन गरेको अनुभव छ |
विगत २ वर्ष देखी कोरियामा आपत विपत पर्दा र काम छोडेको अवस्थामा खान बस्न सुविधा सहितको पाथिभरा हाउस सञ्चालन गर्दै आएको झापा मिलन समाजको वरिष्ठ उपाध्यक्ष पनि हुन् |
त्यस्तै नेपाल पत्रकार महासंघको सदस्य तथा वैधानिक रूपमा नेपालमा दर्ता गरिएको ग्लोबल तेह्रथुम सेवा समाज संस्थाको केन्द्रिय सचिव तथा कोरियाको सल्लाहाकार रहि काम गरेको अनुभव छ ।
उनले समाज सेवाको यो दौरानमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिने सबैमा आभार प्रकट गर्दै एनआरएन कोरियाको पाचौ कार्यसमितीको सचिब पदमा २ बर्षे कार्यकालका जिताउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन सम्पुर्ण कोरियावासी जन समुदायहरूमा अपिल गरेका छन |