जापानमा सस्तो इन्टरनेट लोकप्रिय
काठमाडौं-ईन्टरनेट सेवा प्रदायक एनआईटिभी टेलिकमको डाटा सिम जापानमा लोकप्रिय वनेको छ । भर्खरैबाट सेवा सुरु गरेको डाटा सिम तथा पकेट वाईफाईको लोकप्रियता वढेको टेलिकमले जनाएको छ ।
विभिन्न प्याकेजमा सुरु गरिएको सेवामा ईन्टरनेट प्रयोगकर्ताहरुलाई सहजता भएको टेलिकमले जनाएको छ । पछिल्लो समयमा जापानमा सस्तो र भरपर्दो ईन्टरनेट सेवा नपाउदाँ मर्कामा परेका ग्राहकहरुलाई डाटा सिमले सजिलो बनाएको छ । एक जीबी, तीन जीबी, पाँच जीबी र १० जीबीका प्याकेजहरु सेवा दिदै आएको छ । जसमध्ये पाँच जीबी र १० जीबीका सिम धेरैको रोजाईमा परेको छ ।
जापानमा आई वसोवास गर्ने नेपाली तथा अन्य देशका विदेशीलाई लक्षित गरि वितरण सुरु गरिएको ईन्टरनेट सेवा लिन तथा क्यान्सिल गर्न समेत सहज रहेकाले यसको लोकप्रियता वढेको हो ।
व्यवसायी, विद्यार्थी, कर्मचारी तथा रेष्टुरेन्टमा कार्यरत कुक लगायत छोटो समयका लागि जापानमा आएका पर्यटकहरुका लागि समेत सो सेवा प्रभावकारी भएको छ । मासिक एकहजार दुई सय देखि तीन हजार पाँच सय शुल्क तोकिएको डाटा सिममा डाटा थपघटको सुविधा समेत राखिएको छ ।
जापानमा हाल विभिन्न मोवाईल कम्पनी तथा ईन्टरनेट सेवा प्रदायकहरुले डाटा सिम उपलब्ध गराउदै आएपनि सर्वसाधारणहरु सन्तुष्ट हुन सकेका छैनन । ती कम्पनीहरुले पाँच जीबी ईन्टरनेटलाई पाँच हजारसम्म विक्री गरेपनि एनआईटिभी टेलिकमले पाँच जीबी डाटालाई मासिक दुईहजार पाँच सयमात्र शुल्क तोकेको छ । यस्तै चाहिएको वेलामा जीबी थप गर्न मिल्ने सुविधा समेत राखिएको कम्पनीले जनाएको छ ।-नेपाल जापान डट कम