जापानमा बाढीले ९० हजार बिस्थापित (भिडियो सहित)
काठमाडौं-जापानको उत्तर-पूर्वी क्षेत्रमा व्यापक बाढी र पहिरोको कारण त्यस भेगका करिव ९० हजार मानिसहरु घर छोड्न वाध्य भएका छन् |
जापानको किनुगावा नदीमा पानीको वाहब बढेपछि नदीले धार परिवर्तन गरि टोकियोको उत्तर राजधानी जोसो सहरको पर्खाल भत्काएको छ |
जोसो सहर अहिले जलमग्न भएको छ | अहिले त्यस भेगका स्थानीयवासीलाई हेलिकोप्टरले उद्दार गरिरहेको छ | बाढी र पहिरोको कारण त्यस क्षेत्रमा एक जना हराइरहेको र १२ जना घाइते भएको जनाईएको छ |
उष्णदेशीय आँधी केन्द्रीय आएको एक दिनपछि जापानमा भिषण पानी परेको हो | जापान मौसम विज्ञान एजेन्सी (जे एम ए ) का मुख्य पूर्वानुमानकर्ता, ताकुया देशिमरु अनुसार “यी भारी वर्षा अभूतपूर्व छन् र यो एउटा असामान्य परिस्थिति उत्पन्न भएको छ जसले गर्दा गम्भीर खतरा आउन सक्ने बताएका छन् | इबराकी र तोचिगी क्षेत्रलाई जापानको मौसम विज्ञान एजेन्सीले खतराको सुचिमा राखेको छ | -नेपाल जापान डटकम
भिडियो –
https://www.youtube.com/watch?v=zoX6OKF3Mog