कोरियामा अवैधानिक आप्रवासीको संख्यामा बृद्धी
सोल-कोरियामा अवैधानिक आप्रवासीहरुको संख्यामा पछिल्ला ५ बर्षको तुलनामा २७ प्रतिशतले बृद्धि भएको छ । कोरियाली संसदीय कानून तथा न्यायपालिका समितिको बैठकमा सत्तापक्षिय सेनुरीदाङ्ग पार्टीका सांसद किम जीन थेले कानुन मन्त्रालयबाट प्राप्त प्रतिवेदन अनुसार कोरियामा २०१५ साल जुलाई महिना सम्म अवैधानिक आप्रवासीहरुको संख्या २ लाख १३ हजार ५ सय ५६ जना रहेको बताए ।
सो प्रतिवेदन अनुसार २०११ सालमा १,६७,७,८० जना, २०१२ सालमा १,७७,८,५४ जना, २०१३ सालमा १,८३,१,०६ जना र गत बर्ष २,०८,७,७८ जना रहेको उल्लेख रहेको बताए । कोरियामा अवैधानिक आप्रवासीहरु राष्ट्रियताको आधारमा सबै भन्दा बढी चीनका नागरिकहरु रहेको छ ।
दोस्रो थाईलेन्ड तेसा्रे भियतनाम र चौथो फिलिपिन रहेको छ । चीनका नागरिकहरु ७०,३,११ जना, थाईलेन्डका ४४,२,८३, भियतनामका २६,९,३२ र फिलिपिनका १२,८,१४ जना रहेको बताएको छ ।
सत्तापक्षिय पार्टीका सांसद किम जीन थेले अवैधानिक आप्रवासीहरुको संख्यामा अत्याधिक बृद्धी भएता पनि पछिल्ला ५ बर्षको तुलनामा धडपकड कम भएको बताउदै विदेशीहरुको अपराधीक गतिविधी पनि लगातार बढदै २०११ साल देखि २०१४ साल सम्म ४ बर्षको अन्तरालमा २४ प्रतिशत बृद्धी भएको र विदेशीहरुले अपराध गर्ने तरिका पनि दर्दनाक र हिंसात्मक हुदै गएको अवस्थामा अवैधानिक धडपकड गर्नु पर्ने आवश्यकता रहेको औलाएको थिए ।नेपाली कोरिया डटकम