एनआरएन कोरियाको पाचौ अधिवेशन २० तारिख, निर्वाचन २९ तारिख हुने
सोल – आज सोलस्थित नेपालमा हाउसमा बसेको बैठकले एनआरएन कोरियाको पाचौ अधिवेशन आउदो २० तारिख गर्ने निर्णय गर्दै निर्वाचन प्रकिया २९ तारिख गर्ने निर्णय गरेको छ |
उक्त बैठकमा एसिया प्यासिफिक संयोजक गंगाराज राई , एनआरएन कोरियाका संरक्षक रुद्र शर्मा , आईसिसि प्रतिनिधि केपी सिटौला , एनआरएन अध्यक्ष बिनोद कुवर , अध्यक्षका प्रत्यासीहरु राजु क्षेत्री , ध्यान राई , रबिन तामाङ लगायत अन्य पदका प्रत्यासी उमेदवारहरुको पनि उपस्थिति रहेको थियो |
आज भएको निर्णय अनुसार कुनै पनि पदमा उमेरद्वार दिन चाहनेले २० तारिख नै मनोनयन पत्र बुझाउनु पर्ने छ |
यस अघिको निर्वाचन मण्डलका सबै पदाधिकारीले गत बिहिबार साँझ एक बिज्ञप्ति प्रकाशित गरि एनआरएन कोरियाले निर्वाचन मण्डललाई पंजिकृत सदस्यहरुको अन्तिम नामावली ,आर्थिक र कार्य प्रतिबेदन समयमा उपलब्ध गराउन नसकेको भन्दै राजिनामा दिएका पछि अधिवेशनको मितिमा अनिश्चिता देखिएको थियो |
आज बसेको बैठकले आगामी २० तारिख अधिवेशन मिति तय गरिएको एनआरएन कोरिया अध्यक्ष बिनोद कुवरले फोनिजकोरियालाई जानकारी दिए |