यसरी पढे पास भईन्छ कोरियन भाषा परीक्षा


 

कोरियन भाषा तरिका मिलाएर पढ्ने र सिक्न खोज्ने हो खासै गाह्रो छैन । नेपालीहरुको प्रमुख आकर्षक गन्तव्यस्थल मध्येमा पर्ने दक्षिण कोरियामा अन्य भाषा नबोलिने भएकाले नेपालबाट जाने कामदारहरुले अनिवार्य रुपमा कोरियन भाषा जानेकै हुनुपर्छ । नेपालमा केही महिना पढ्दैमा कोरियन भाषामा निपूर्ण भईने भने होईन | लगातार बोल्दै, सुन्दै जाँदा जति नै सुकै नयाँ भएपनि विस्तारै भाषा सिकिन्छ ।

 

 

श्रम तथा वैदेशिक मन्त्रालय, वैदेशिक रोजगार विभाग, ईपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोला भन्छन्– “कोरियन भाषा परीक्षामा आफ्नो मेहनत नै निर्णायक हो । यसमा कसैको कुनै पनि भूमिका हुँदैन पास गराउन, राम्रोसँग पढ्ने हो भने पास भईन्छ ।”

 

 

बाँस्तोलाका अनुसार कोरियन भाषा सिक्न अडियो अर्थात् सुनेको कुरा बुझ्नु अत्यन्तै महत्वपूर्ण पक्ष हो । आईईएलटीएसमा जसरी लेखाई र सुनाई महत्वपूर्ण हुन्छ, इपीएस भाषा परीक्षामा पनि ब्यालेन्स मिलाएर पढ्ने हो भने सजिलै परीक्षा उत्तिर्ण गर्न सकिन्छ ।

 

 

 

सिकाउने ईन्ष्टिच्यूटको छनौट

अहिले बजारमा कोरियन भाषा परीक्षा सिकाउने ईन्ष्टिच्यूटहरुको बाढी छ । अलिअलि भाषा जानेकाहरुलाई सिकाउन लगाउनेदेखि लिएर कोरियामै अध्ययन गरेर त्यहीँका प्रशिक्षकद्धारा भाषा सिकाउने ईन्ष्टिच्यूट पनि छन् । भाषा कक्षामा भर्ना हुनुअघि नै यससम्बन्धमा ध्यान दिनु सबैभन्दा महत्वपूर्ण पाटो हो । सम्बन्धित सरकारी निकायमा दर्ता भई तालिमप्राप्त र दक्ष प्रशिक्षकले पढाउने ईन्ष्टिच्यूटको छनौट गरी भाषा परीक्षाको तयारी गर्नुपर्दछ । शिक्षकको अनुभव, पढाउने शैली, विगतको नतिजा लगायतलाई आधार मानेर ईन्ष्टिच्यूट रोज्नुपर्छ ।

 

 

पाठ्यपुस्तकको छनौट

 

ईन्ष्टिच्यूट जस्तै बजारमा कोरियन भाषाका पाठ्यपुस्तकको पनि बाढी छ । हरेक ईन्ष्टिच्यूटहरुले आ–आफ्नै पाठ्यपुस्तक निर्माण गरेर विद्यार्थीलाई भिडाईरहेका भेटिन्छन् । त्यसो त नाम र संस्था जे सुकै भएपनि सबैजसो पाठ्यपुस्तकहरु एच आर डी कोरियाको इपीएस परीक्षाको पाठ्यपुस्तकलाई आधार बनाएर निर्माण गरिएका हुन्छन् । कुनै एउटा पाठ्यपुस्तक किनेर त्यसैबाट तयारी गर्नु र नबुझेका कुराहरु प्रशिक्षकलाई सोध्दै सिक्दै गर्नुपर्दछ । पछिल्लो समय कोरियादले स्तरीय पाठ्य सामग्री (हान्गुक अ फ्योजुन ग्योजे) भित्रबाट शतप्रतिशत गोप्य प्रश्न सोध्दै आएको छ । भाषा परीक्षा तयारी कक्षामा यही पाठ्यपुस्तकलाई आधार मानेर सिकाउन जोड गर्नुपर्छ । यो पाठ्य सामग्री ईपीएसको एच आर डी शाखाको वेबसाइटमा निःशुल्क पाईन्छ ।

 

 

मेहनत नै निर्णायक

 

ईन्ष्टिच्यूट र पाठ्यपुस्तकभन्दा पनि कोरियन भाषा परीक्षामा आफ्नो मेहनत नै निर्णायक हुन्छ । परीक्षामा उत्तर लेख्दा एउटा मात्रै प्रश्नमा चुकियो भने पनि त्यसले नतिजामा ठूलो असर पार्छ । कम्तिमा पनि लगातार ३ महिना कस्सिएर भाषा पढियो भने पास हुन खासै गाह्रो छैन । कोरियन भाषा ध्यान दिएर पढ्ने हो भने अन्य भाषाको तुलनामा धेरै सजिलो छ । भाषा परीक्षा एकदमै स्वच्छ, व्यवस्थित र पारदर्शी हुने भएकाले कसैले प्रलोभनमा पारे पास गराउनै सक्दैन । प्रश्न मोडालिटी निर्माण तथा नियन्त्रण एच आर डी कोरियाबाट आएका टीमले नै गर्ने भएकाले यो प्रणाली व्यवस्थित छ । परीक्षाको नियन्त्रण निर्देशन एच आर डी कोरिया टीमले अन्तराष्ट्रिय टीमले व्यवस्थित गर्दछन् ।

 

 

परीक्षामा हुनसक्ने गल्ती

 

कोरियन भाषा परीक्षाको परीक्षामा केही प्रश्नको उत्तर हेरेर र केही प्रश्नको उत्तर तत्काल सुनेर तत्काल लेख्नुपर्ने हुन्छ । हतार गर्दा जानेको प्रश्नको उत्तर पनि बिग्रन सक्छ । परीक्षामा सोधिएका प्रश्नहरुको कुनै उत्तर लेख्नुपर्दैन । मात्रै उत्तरपुस्तिकामा दिईएको गोलो घेरा भित्र चिन्ह लगाए मात्रै पुग्छ । कुनै शब्द लेख्नु नपर्ने भएकाले हतार नगर्ने हो भने मज्जाले उत्तर लेख्ने समय पुग्छ । घोकेर भन्दा पनि जसले बढी प्राक्टिस गरेको छ उसले बढी कुरा बुझेको हुन्छ । उत्तरपुस्तिकामा लेख्न भनिएको विवरण राम्ररी र प्रष्टसँग उल्लेख गरेको हुनुपर्छ । कोरियन भाषामा उस्तै उस्तै किसिमको संरचना र उच्चारण हुने भएकोले अलि गहिरिएर अक्षर चिन्ने तथा त्यसको उच्चारणको फरकलाई बुझ्नसक्ने खुबी हुनपर्छ ।

 

सुन्ने प्रश्न अति नै ध्यान दिएर सुन्नुपर्छ । एउटै प्रश्नमा धेरैबेर घोरिँदा जानेको अर्को प्रश्न पनि बिग्रने सम्भावना हुन्छ त्यसैले जाने पनि नजाने पनि समयभित्रै तत्कालै ठिक उत्तरमा गोलो लगाएर अगाडि बढ्नु पर्छ । इपीएस परक्षिाको परिक्षण कम्प्युटर प्रणालीबाट हुने भएकाले मानविय त्रुटी हुने सम्भावना समेत कम रहन्छ । जसले धेरै अंक ल्याउँछ, उसकै नाम निस्किनिे सम्भावना बढी हुने भएकाले सकेसम्म सबै प्रश्नको उत्तर दिनुपर्दछ |

 

 

यसबाहेक कोरियन भाषा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुले परीक्षा फर्म भर्ना पनि निकै ध्यान पुर्‍यानुपर्दछ । फर्म भर्दाखेरीको फर्म नम्बर नै रोल नम्बर हुने भएकाले पहिले फर्म भर्नेको परीक्षा पहिले र पछि भर्नेको परीक्षा पछि हुन्छ । परीक्षा दिन जाँदा फर्म भर्ने बेलामा पासपोर्ट या नागरिकता जे बाट भरिएको छ त्यसको सक्कल लिएर जानुपर्छ । परीक्षाको सिट अनुसार प्रश्नहरु सबै परीक्षार्थीका लागि एउटै नहुने भएकाले त्यही अनुसारको तयारी आवश्यक पर्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जनवरी २७ तारिख सार्वजनिक विदा दिने कोरिया सरकारको निर्णय
  • कोरियामा गायिका जालुमाया गुरुङको साथमा “तमू ल्होसार ” मनाईयो
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...