कोरियामा युवा समाजसेवीहरुलाई बिदाई तथा सम्मान
फोनिज कोरिया संवाददाता सो,ल- दक्षिण कोरियामा रही सामाजिक सेवा तथा परोपकारी कार्यमा महत्वपूर्ण योगदान पुराएका युवा समाजसेवी तथा बिभिन्न संघ सस्थामा आबद्ध भएर सामाज सेवामा सकृया ब्यक्तिहरुलाई सामुहिक बिदाई तथा सम्मान कार्यक्रम गरिएको छ ।
सोलस्थित नेपाल हाउसमा सम्पन्न् भएको सो कार्यक्रममा युवा समाजसेवी अरुण श्रेष्ठ (ईपीस छिङगु), योङग स्टार ग्रुपका अध्यक्ष लोक लामा , वोमन फोर वोमन र काभ्रे संपर्क समितिकी निबर्तमान कोशध्य्क्ष सन्ध्या बुद्धचार्य,नेपाल योङग स्टार ग्रुप र नुवाकोट समाजका अध्यक्ष रन्जन कुँवर , सिन्धु समाजका सस्थापक सल्लाहकार चेतनाथ डोटेल, शंकर पाण्डे तथा एकिता श्रेष्ठ, त्यसै गरी पत्रकार महासंघ दक्षिण कोरियाका कोसाध्यक्ष कृष्ण बस्याल लगायतलाई सामुहिक रुपमा बिदाई तथा सम्मान गरिएको हो ।
दक्षिण कोरियामा काम गरेर फुर्सदको समय निकालेर निरन्तर रुपमा समाज सेवा र परोपकारी कार्यमा अहोरात्र खटी नेपाल र नेपाली समुदायलाई पुराएका योगदानको उच्च मुल्याङ्कन गर्दै सामुहिक रुपमा ९ वटा संघसस्थाहरुले सम्मनन गरेको थियो ।
सिन्धु समाज दक्षिण कोरिया , वोमन फोर वोमन , ईपिस युथ नेपाल ,योउङ स्टार ग्रुप , काभ्रे संपर्क समिती , नुवाकोट समाज , परदेशी लाईफ डट कम , दोलखा शेर्पा बिसी संपर्क मन्च , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले संयुक्त रुपमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दुतबासका उपनियोग प्रमुख राजाराम बर्तौला, बिशेष अतिथिहरुमा नेपाली संपर्क समितिका अध्यक्ष लोचन राई, एनआरएन आईसिसी प्रतिनिधि केपी सिटौला, जनजाती महासंघ का अध्यक्ष भक्त शेरचन, प्रबासी नेपाली मन्चका अध्यक्ष गोबिन्द गाउले, नेपाली विध्यर्थी समाजका सभापति बिमल सुबेदी, नेपाल हाउस ब्यबस्थापना समितिका कार्यालय सचिब भरत तुलाचन, नेपाल पत्रकार महासंघ कोरियाका सचिब बिशाल गहतराज लगायत कोरियामा रहेका दर्जनौ संघ सस्थका अध्यक्ष तथा सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सामुहिक रुपमा समाजसेवीहरुलाई खादा तथा दोसल्ला ओढाई सम्मान पत्रको साथमा ले सम्मान तथा बिदाई गरिएको हो ।
प्रमुख अतिथि नेपाली राजदुतावास उप नियोग प्रमुख राजाराम बर्तौलाले नेपाली नेपाली एक जुट भएर सामजिक सेवाका साथ साथै देश विकास र परिवर्तनमा लागिपर्नुपर्ने, त्यसपछि देशले निकास र विकास अवश्य पाउने विश्वास ब्यक्त गर्नु गरेका थिए।
त्यसैगरि विशेष अतिथिहरु NRN महासंघका प्रतिनिधि केपि सिटाैला,NCC प्रमुख लाेचन राई,अादिवासि जनजाति महासंघ अध्यक्ष भक्त शेरचन लगायतले आ आफनो धाराणा राखेका थिए । वोमन फोर वोमनकी अध्य्क्ष मल्लिका थकालीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रको सिन्धु समाजका अध्यक्ष यल।बी श्रेष्ठले कार्यक्रम सन्चालन गरेका थिए ।
स्वागत मन्तव्य नुवाकोट समाजका युवराज केसिले राखेका थिए भने काभ्रे सम्पर्क समितिका अध्यक्ष गणेश तिमल्सिनाले कार्यक्रमकको उदेश्य माथि धारणा राखेका थिए।