एक वर्षमा आठ सय बालबालिका बेपत्ता
काठमाडौं-गएको एक वर्षमा झण्डै आठ सय बालबालिका बेपत्ता भएका छन् । तर, ती बालबालिका कहाँ गए त्यसको पत्तो छैन् ।
हराएकामध्ये दुई सय ८७ जनालाई मात्रै परिवारमा पुनर्मिलन गराइएको जानकारी खोजतलास केन्द्रले दिएको छ । पुनःनिर्माण र नयाँ संविधानः बालअधिकारको संरक्षणको हाम्रो अभियान भन्ने राष्ट्रिय नाराका साथ मंगलबार देशव्यापी बालदिवस मनाइरहँदा यस्तो तथ्यांक सार्वजनिक भएको हो |
वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण भूकम्प प्रभावित जिल्लाबाट बालबालिका हराउने क्रम अझै बढेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार भूकम्पबाट अहिलेसम्म दुई हजार २३ जना बालबालिकाको मृत्यु भएको छ । यी मध्ये नौ सय ८६ जना बालक र एक हजार ४४ बालिका छन् | – गोरखापत्र